Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

काँग्रेसलेको घरदैलोमा अधिकांश विकास निर्माणमा समस्या देखियो

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा संचालन गरेको घरदैलो अभियानमा अधिकांश वडाहरुमा सडक, नाला लगायतको पूर्वाधार निर्माणको समस्या देखिएको छ ।

काँग्रेस पर्सा क्षेत्र नम्बर १ को बसेको बैठकले पौष २४ गतेदेखि माघ ३ गतेसम्म ‘घरदैलोमा गएर जनताको पिरमार्का बुझदै नेपाली काँग्रेस’ भन्ने नारा साथ आयोजना गरिएको घरदैलो अभियानमा अधिकांश वडाहरुमा विकास निर्माणकै समस्या देखिएको स्थानियले गुनासो गरेका छन ।

पर्सा क्षेत्र नम्बर १ वीरगन्ज महानगरपालिकाको विकास निर्माणको अवस्था र जनताले भोग्नु परेको पिरमर्कालाई कसरी समाधान गर्ने उदेश्यले सोमबार वीरगन्ज २२ जगरनाथपुरमा आयोजना गरिएको घरदैलोमा स्थानियले सडक, नाला, विजुली पोल, पानीको समस्या भोग्नु परेको गुनासो गरेका छन ।

स्थानिय द्धारिका प्रसाद कुर्मीले भने, घर घरमा सरकार आएको छ, हाम्रो लागि विकासको लहरै आउँछ भने सोचेका थियो, तर विकास एउटा सपनाको रुपमा मात्र देखिएको छ सरकार जनताको लागि होईन नेताको लागि आएको छ ।

गत बर्षको चैत्र महिनामा आएको विनाशकारी हावाहुरीले प्रभावितहरु अहिले सम्म पूर्ण रुपमा राहत पाएको छैन, उनले भने, ‘तीन तहकै सरकारले अहिले सम्म आश्वासन बाहेक केहि दिएको छैन यहाँ सम्म विनाशकारी हावाहुरीले ढलेको विजुलीको पोल समेत सरकारले मिलाउँन सकेको छैन् ।’

पर्सा क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष विजय सर्राफले घरदैलो अभियानमा स्थानियले राखेको समस्या समाधान गर्न सम्बन्धी निकायमा पहल गर्ने बताए । उनले भने, हामी जनतकै पिरपर्का बुझनको लागि घरदैलो अभियान संचालन गरेका छौ, स्थानियले विकासको अवस्था र जनताले भोगेका समस्यालाई बुन्दागत रुपमा लेखेका छौ अभियान समापन भएलगतै सम्बन्धीत निकायलाई समस्या समाधान गराउँन तदारुकताका साथ पहल गर्ने छौ ।

जगरनाथपुरमा भएको घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, पूर्व सांसद अनिल रुगंटा, महिला नेतृ एवं वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, पार्टीका नगर सभापती भोला प्रसाद कलवार, नेता अरविन्द गुप्ता, रामनारायण कुर्मी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

काँग्रेस क्षेत्र नम्बर १ ले यही २४ गते देखि शुरु गरेको अभियान आधादर्जन भन्दा बढी वडाहरुमा संचालन गरीसकेको छ । त्यसैगरी २९ गते मंगलबार वडा नम्बर १४ पिपरामा, माघ २ गते विहिबार वडा नम्बर ५ को रेशमकोठी र माघ ३ गते शुक्रबार वडा नम्बर १६ नगवामा घरदैलो अभियान संचालन हुने क्षेत्रिय अध्यक्ष सर्राफले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...