Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026

नक्कली आईए प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा यादवविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

बारा, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा बाराका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा उनले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई राष्ट्रसेवकका रूपमा पद, ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको अख्तियारको ठहर छ।

सोही कसुरमा यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–बाराका चार पालिकामा मंसिरभित्रै नगर बस सञ्चालन गर्ने तयारी

वीरगन्ज । वीरगन्जसहित पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गर्ने तयारी गरिएको छ। वीरगन्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका,...

२४ वर्षदेखि बन्द वीरगञ्ज चिनी कारखाना खोल्न १ अर्ब १८ करोड लाग्ने

वीरगञ्ज । २४ वर्षदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्न पहिलो वर्ष एक अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने सरकारी कार्यदलले अनुमान...

वीरगंज–२७ कुहँडीमा दलित समुदाय त्रसित, घर तोडफोडदेखि खानेपानीको पाइप काट्नेसम्मका घटना

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ कुहँडीमा एक समूहको गतिविधिका कारण दलित समुदायका स्थानीय बासिन्दा त्रसित बनेका छन् । छठ पर्वको अन्तिम दिन...