Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026

पर्सा–बाराका चार पालिकामा मंसिरभित्रै नगर बस सञ्चालन गर्ने तयारी

spot_img
spot_img

वीरगन्ज । वीरगन्जसहित पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गर्ने तयारी गरिएको छ। वीरगन्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा नगर बस सेवा सञ्चालन गर्न लागिएको हो।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले मंसिरभित्रै नगर बस सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ। सेवा सञ्चालनलाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णयसमेत गरिएको छ।

कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन्।

यसअघि कात्तिक १२ गते बसेको बैठकले एकीकृत यातायात सेवा सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो। बिहीबारको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्ने निर्णय भएको छ।

वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन्।

चारवटै पालिकालाई एउटै सार्वजनिक यातायात सञ्जालमा जोड्ने योजनाअन्तर्गत अघि बढाइएको नगर बस सेवाले सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने लक्ष्य राखेको छ।

नगर बस सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। साथै, निजी सवारीमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारीसाधन परिवर्तन गर्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगन्ज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख किर्तिराज सुवेदीलगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नक्कली आईए प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा यादवविरुद्ध भ्रष्टाचार मुद्दा

बारा, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा बाराका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवर्ण...

२४ वर्षदेखि बन्द वीरगञ्ज चिनी कारखाना खोल्न १ अर्ब १८ करोड लाग्ने

वीरगञ्ज । २४ वर्षदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्न पहिलो वर्ष एक अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने सरकारी कार्यदलले अनुमान...

वीरगंज–२७ कुहँडीमा दलित समुदाय त्रसित, घर तोडफोडदेखि खानेपानीको पाइप काट्नेसम्मका घटना

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ कुहँडीमा एक समूहको गतिविधिका कारण दलित समुदायका स्थानीय बासिन्दा त्रसित बनेका छन् । छठ पर्वको अन्तिम दिन...