Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

चाेरी भएकाे माेटरसाइकल पाए पछि बैठा खुशी

spot_img
spot_img

पर्सा । ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका प्रहरी युनिटहरु गस्तीलाई तिब्रता दिए पछि धामाधाम चोर, अभियुक्त र अपराधीहरु पक्राउ पर्न थालेका छन । गएराती पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाबाट ७ दिन पहिला चाेरी भएकाे माेटरसाइकल प्रहरीले फेला परेकाे छ ।

भारतको पश्चिमी चम्पारणमा पर्ने सिक्टा निवासी सुनिल बैठाको एक हप्ता अगाडी चोरी भएको मोटरसाईकल सबैठवा गाउँमा फेला परेकाे हाे । सबैठवामा  सांझ ७ बजे माेटरसाइकल व्यवारिसे अवस्थामा फेला परे पछि स्थानियहरु प्रहरीलाई खबर गरेका थिए । त्यस पछि व्यवारिसे अवस्थामा फेला परेकाे माेटरसाइकल प्रहरी चाेकी सबैठवाले आफ्नाे नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय पाेखरियालाई बुझाएकाे थियाे ।

माेटरसाइकल बारे प्रहरीले अनुसन्धान गरी आज माेटरसाइकल धनी सिक्टा निवासी बैठालाई बुझाएको हाे । फेला परेकाे बिआर ०५ ए ८५४० नम्बरको १ सय ६० सिसिको अपाची रातो रंगको मोटरसाईकलको अगाडी र पछाडी दुबै तिर रहेको नम्बर प्लेट चाेरले उखेलेर फालेदिएका छन् ।

चाेरी भएकाे माेटरसाइकल सिक्टाका निवासी मोटरसाईकल धनी बैठाले पाए पछि खुशी भएका छन् । माेटरसाइकल पाएकाे खबर पाए पछि इलाका पहरी कार्यालय पाेखरियामा बैठा पुगी माेटरसाइकलकाे कागज देखाउदै आफ्नाे माेटरसाइकल बुझ्दै खुशी खुशि व्यक्त गरेका थिए ।

ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका सबै प्रहरी युनिटहरुको केही दिन अगाडी बसेकाे बैठकमा डयुटीलाई सक्रिय बनाउन प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले निर्देशन दिएका थिए । त्यस पछि  प्रहरी कार्यालय पाेखरिया क्षेत्रबाट चोर, अपराधी, फरार अभियुक्तहरु समेत पक्राउ पर्न थालेका छन ।

केही दिन पहिला मात्र पाेखरियाकाे एक घरमा चाेरी गरेकाे चाेरलाई शनिबार इलाका प्रहरीले चाेरेकाे सम्मान सहित पक्राउ गरेकाे थियाे । यस्तै केही दिन भित्र मात्र दर्जनाै फरार अभियुक्तहरुलाई समेत प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरि बुझाइसकेकाे छ ।

असल, कर्मठ र ईमान्दार प्रहरीले दोषी, अपराधी, चोर र अभियुक्तलाई नछाडने ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...