24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजबाट चार भुटानी र एक तिब्बती नागरिक पक्राउ

वीरगन्ज : नेपाल–भारत मैत्री बसमा अबैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार भुटानी र एक तिब्बती नागरिक पक्राउ परेका छन् ।

भन्सार हुँदै नेपाल प्रवेश गर्न लागेको अवस्था उनिहरुलाई वीरगन्ज भन्सारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भुटानी नागरिक ६५ वर्षीया डोलमा तामाङ्ग, ४३ वर्षीया छोदेन तामाङ्ग, १९ वर्षीया छुन्दु लह्मो, ७० वर्षीय ग्यान बहादुर तामाङ्ग र तिब्बती नागरिक ४० वर्षीया कुन्छोक तसोमो रहेका छन् ।

पक्राउ परेका पाँचैं जनालाई आवश्यक अनुसन्धानको लागि वीरगन्ज अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए ।

वीरगन्ज भन्सारस्थित रहेको सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलिले नेपाल भारत मैत्री बसमा चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ परेको हो ।

भारतको बोधगयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री बसमा ४० जना यात्रु सवार थिए । जसमध्ये पाचँजनासँग पासपोर्ट नभेटिएपछी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि अध्यागमन कार्यालयमा बुझाएको खत्रीले बताए ।

उनले यात्रुसँग सोधपुछको क्रममा पहचान पत्र बाहेक पासपोर्ट नभेटेपछी अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.110 sec. Memory consumption:81.47 mb