20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नापी कार्यालय पर्साका सर्बेक्षक ७५ हजार घुस रकम सहित पक्राउ

पक्राउ परेका नापी कार्यालय पर्साका सर्बेक्षक पासवान र अख्तियारकाे टाेली । तस्बिर : शम्भु कुमार सुमन

वीरगंज । नापी कार्यालय वीरगंज पर्साका एक जना कर्मचारीलाई अख्तियारले रु ७५ हजार घुस लिइसकेकाे अवस्थामा पक्राउ गरेकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले नापी कार्यालय वीरग‌ंज पर्सामा कार्यरत सर्बेक्षक रामनरेश पासवानलाई घुस रकम सहित पक्राउ गरेकाे हाे ।

जग्गा हाल साबिक गरी पुन: नापीकाे जग्गा धनी प्रमाण पुर्जा बनाई दिने भनी सेवाग्राही संग लिएकाे घुस रकम सहित सर्वेक्षक पासवानलाई पक्राउ गरिएकाे अख्तियारका प्रहरी नायब उपरिक्षक केशव भट्टराईले वताए । वीरगंज महानगरपालिका वडा नं. ९ स्थित नापी कार्यालय पर्सा अन्तर्गत २ नं. नापी टाेलीकाे कार्यालय पर्सा वीरगंजबाट ७५ हजार रकम सहित रङ्गेहात पासवानलाई नियन्त्रणमा लिइएकाे उनले जानकारी गराए ।

अख्तियारकाे टाेलीले साेमबार सांझ वीरगंज रानीघाट स्थित रहेकाे नापी कार्यालयमा छापा मारी गरी माेहतरी जिल्ला महाेतरी नगरपालिका वडा नं. ४ निवासी ५३ बर्षिय पासवानलाई पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.093 sec. Memory consumption:81.41 mb