29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

गरिब असहायलाई कम्बल वितरण

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिकामा आज गरिब असहाय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएकाे छ । चिसाेलाई मध्यनर गर्दै वडा न.३ नौतनका ५६ जनालाई कम्बल बितरण गरिएकाे प्रसाैनी गाउँपालिकाका नासु लक्ष्मी साह कलवारले वताए ।

वडा अन्तर्गतका गरिब असहाय ७३ जनालाई विरण गर्नु पर्नेमा ५६ जनालाई मात्र वितरण गरिएकाे र अरु वाकी वडाध्यक्षकाे जिम्मा लगाइएकाे उनले जानकारी गराए ।

गाउँपालिकाकाे सहयाे र वडा नं. ३ को कार्यालय तथा इलका प्रहरी कार्यालय प्रसाैनीकाे संयुक्त आयोजनामा समुदायिक प्रहरि साझेदारी अन्तर्गत न्यानाे कपडा वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष बैधनाथ प्रसाद साह कानुकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष भाेला प्रसाद गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे न्यानाे कपडा वितरण कार्यक्रममा  इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादव, गाउँपालिकाका स्वास्थ्य संयाेजक सुरेश कुमार साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ मा पनि आजै कम्बल वितरण गरिदै छ । वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार गुप्ताकाे अध्यक्षतामा वडा अन्तर्गतका एक सय २५ जनालाई कम्बल वितरण गरिने कार्यक्रम रहेकाे नासु कलवारले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.071 sec. Memory consumption:82.46 mb