29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

बाल सुधार गृहमा कम्बल बितरण

बिरगंज । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा श्रीराम पिक्चर प्यालेसका संचालक रामदेव प्रसाद कलवारकी श्रीमती गौदमिया देबिको सहयोगमा कम्बल वितरण गरिएकाे हाे ।

तराईमा बढदै गएकाे चिसोको कारण बाल सुधार गृहमा रहेका बालबालीकाहरुकाे कस्टकर जिवन बिताईरहेको भन्ने खबरले गर्दा केहि राहत हुने हुदा कम्बल बितरण गरिएको अध्यक्ष ठकुराईले वताए ।

कम्बल बितरण कार्यक्रममा कलवार परिवारका सदस्यहरु लक्ष्मण प्रसाद कलवार, सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, पत्रकार महेश चन्द्र गौतम, अजित कुमार भुजेल,  राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु, बाल सुधार गृहका प्रमुख प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव, छपकैयाप्रहरी बिटका प्रहरी सहायक निरीक्षक कुलदिप कुमार कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.635 sec. Memory consumption:82.5 mb