Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बिन्दबासिनीको गाउँ सभा सम्पन्न, आ.व.०७६/७७ को कुल बजेट ३३ करोड

spot_img
spot_img

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको सभामा आर्थिक बर्ष ०७६/०७७ को लागि कुल ३२ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।

जसमा चालु तर्फ १६ करोड, ७० हजार र पूँजीगत तर्फ १६ करोड, ९६ हजार, ६७ हजारको बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत सुजित साहले वताए । सभाले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट बिनियोजन गरेको शासकिय अधिकृत साहले वताए ।

साहका अनुसार सभाले शिक्षामा ९५ लाख ६८ हजार, स्वास्थ्यमा ३९ लाख ९८ हजार, कृषीमा ५० लाख, पशुमा २३ लाख लगायतको शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला लगायतको पालिकाको समग्र बिकासमा ध्यान दिने जनाइएको छ । गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले बजेट प्रस्तुत गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...