Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

५० बाढी प्रभावित परिवारलाई राहत

spot_img
spot_img

वीरगन्ज । पर्साका ५० बाढी पिडीत परिवारलाई आइतबार एक कार्यक्रमकको बिच राहत सामाग्री वितरण गरिएको छ । एशोसिएससन अफ नेपाल तराई ईन अष्टे्रलिया (एन्टा) नामक संस्थाले बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ३ र ४ झौवा गुठी, अमरपटी, मधवलका ५० घरधुरीलाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका जुमादिन हवारीद्वारा राहत साम्री वितरण गरिएको वताइएको छ । प्रति घरदुरी चामल पाँच किलो, आलु दुई केजी, कपडा धुने साबुन एक थान, नुहाउने साबुन एक थान, नुन एक प्याकेट, टुथव्रस तीन थान, टुथ पेष्ट एक थान, खानेतेल आधा लिटर, सेनेटरी प्याड एक, झोला एक थान वितरण गरिएको हो ।

बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, आकाश ऐफ ऐमका प्रबन्ध निर्देसक आसिक अंसारी, अमजद हवारी लगायतले राहत सामग्री बाढी प्रभावित व्यक्तिहरुलाई हस्तान्तरण गरेको स्थानिय शिक्षक मुकलेश गद्दीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढीपीडितका लागि जेन जि पर्साको राहत सामग्री संकलन अभियान

वीरगंज । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि जेन जि युथ फोर्स पर्साले राहत सामग्री संकलन अभियान सुरु गरेको छ । जेन...

रुङ्टा ग्रुपद्वारा विपद् प्रभावितका लागि २ करोड १ लाख सहयोग

वीरगंज । वीरगंजका उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्टा अध्यक्ष रहेको रुङ्टा ग्रुपले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी...

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ...