Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

दोषीलाई उन्मुक्ति दिन न्याय माग्न जादा उल्टै प्रहरीले थुनेको आरोप

spot_img
spot_img

वीरगन्ज । पर्सा प्रहरीले अपहरणकारीलाई उन्मुक्ती दिन खोजेको अपहरणमा परेका उपनेश चौरसियाका परिवारजनले आरोप लगाएका छन् ।

चौरसियाका पिता जंगबहादुर चौरसिया र आमा सौखरानी देवीसहित स्थानीयले शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न व्यक्तिलाई पर्सा प्रहरीले उन्मुक्ती दिएर छोरालाई फसाएको आरोप लगाएका हुन् ।

पर्साको विन्दवासीनी गाउँपालिका–४ मधवलका २८ वर्षीय उपनिवेश चौरसीया मंगलबार वीरगन्जबाट अपहरित भएको परिवारजनले बताएका छन् । स्थानीय उत्तम तिवारी भनिने निरन्जन तिवारी र पर्साको डकैला बहुअरी घर भई मधवलमा बस्दै आएका एजाजुल मियाँले चौरसियालाई वीरगन्जबाट अपहरण गरेको पिता जंगबहादुरले बताए ।

गत मंगलबार दिउँसो २ बजे वीरगन्जको घण्टाघर चोकबाट उपनेशलाई तिवारी र मियाँले मोटरसाइकलमा चढाएर भारतको रक्सौलतिर लगेका थिए । अपहरणका मुख्य योजनाकार भनिने तिवारीले चौरसियालाई झुक्याएर अपहरण गरेको जंगबहादुरको आरोप छ । तिवारीले तिम्रो साथी सोनु दासलाई तिम्रै रोहबरमा पैसा दिनु छ भनी उपनेशलाई झुक्याएर रक्सौल लगेका थिए ।

त्यसपछि सुरुमा रक्सौलस्थित श्याम इन्टरनेशनल होटलमा लगेर राखेका थिए । हामी पैसा लिएर आइरहेको छौ भनी सोनुलाई होटलमै बसाली उपनेशलाई लिएर होटल बाहिर निस्केका थिए । उपनेशलाई रक्सौलस्थित बाइपास रोडमा चारपांग्रे गाडीमा राखेर अपहरण गरी बेतिया पुर्याएको पिता जंगबहादुरले खुलासा गरे । उपनेशले प्रतिकार गर्न खोज्दा चारजनाको समूहमा रहेका अपहरणकारीले उनको हातमा सूई दिएर बेहोस बनाएका थिए ।

अपहरणकारीले उपनेशलाई निर्घात कुटपिट गरी साथमा रहेको मोवाइल र नगद १५ हजार समेत लुटेका छन् । पिता जंगबहादुरले फिरौती वापत ७० लाख रुपैयाँ नदिए छोराको ज्यान मार्ने धम्की समेत दिएको उनले बताए । बेतियाबाट अपहरणकारीको चंगुलबाट भाग्न सफल उपनेश यही १५ गते परिवारको सम्पर्कमा आएका थिए ।

परिवारको सम्पर्क आएका उपनेशले घटनाबारे विस्तृत जानकारी गराएपछि विन्दवासनी गाउँपालिका –४ का वडाध्यक्ष अनोज कुमार चौरसिया लगायतको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय पर्सामा उपनेश हाजिर भएका थिए ।

प्रहरी कार्यालयमा उपस्थित हुनसाथ प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौंरले अपहरणको झुठो अफवाहा फैलाई राज्यको श्रोत साधनको दुरुपयोग गरेको भन्दै उल्टै उपनेशमाथि सार्वजनिक मुद्दा दर्ता गरेका छन् ।

‘हामी आफै उपनेशलाई लिएर प्रहरी समक्ष उपस्थित भएका थियौं’, उनले भने, त्यसको केहि घण्टामै एसपी साहेबले अपहरणको नाटक गर्ने चौरसिया पक्राउ भन्ने शिर्षक राखेर झुठो प्रेस विज्ञप्ती जारी गरेपछि आफ्नो छोरालाई प्रहरीले उल्टै फसाउने षड्यन्त्रण गरेको छ ।’

सोधपुछका लागि बोलाएका सोनु दासमाथि पनि प्रहरीले सार्वजनिक मुद्दा दर्ता गराएको छ । अपहरण गर्ने तिवारी र मियाँलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन् । पिता जंगबहादुरले भने, ‘यदी उपनेशले गल्ती गरेको छ भने त्यसलाई कानुनी कारवाही हुनुपर्छ, यसमा मेरो विरोध होइन तर, अपहरणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरेर घटनाको निश्पक्ष छानविन गर्नुपर्छ ।’

‘अपहरण भएको दिन नै प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन जाँदा प्रहरीले उजुरी दर्ता गरेन’, उनले भने, ‘त्यसको भोलीपल्ट हुलाकमार्फत अपहरणमा संलग्न व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गराउनु परेको थियो । यदी प्रहरीले निश्पक्ष रुपमा छानविन गरिरहेको छ भने मेरो उजुरी किन लिएन ।’

न्याय माग्द जाँदा प्रहरीले उल्टै धम्काएर पठाएको जंगबहादुरले गुनासो गरे । पत्रकार सम्मेलनमा वडाध्यक्ष अनोज कुमार चौरसियाले प्रहरीको नियतमाथि प्रश्न चिन्ह खडा गर्दै यदी निश्पक्ष अनुसन्धान गर्ने हो भने घटनामा संलग्न चार जनालाई नै पक्रा गरी छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए । अपहरणमा परेको भनिएका चौरसीया, नेपाल तरुण दलको जिल्ला सदस्य पनि हुन् ।

यता प्रहरी उपरीक्षक राठौरले भने अपहरणको अफवाह फैलाएर समाजलाई त्रसित बनाउने काम भएको बताए । ‘अपहरणको नाटक गरेर राज्यको श्रोत साधनलाई दुरुपयोग गर्न खोजिएको छ’, उनले भने, यसमा संलग्न अन्यको खोजी कार्य भइरहेको छ । उनीहरुरूलाई समेत पक्राउ गरी कानुनी कारवाही हुन्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...