Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

भाईले हानेको गोली लागि घाइते दाईको मृत्यु

spot_img
spot_img

वीरगन्ज । पर्सामा भाईले हानेको गोली लागेर दाईको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका १ बलुवामा भाइले हानेको गोली लागेर घाइते भएका ४८ वर्षीय शेख फारुकको शुक्रबार बिहान मृत्यु भएको हो । शेखलाई उनका कान्छा भाई ३८ वर्षीय शेख फारुक सेराजुद्धिनले बिहिबार सांझ नलकटुवा पेस्टोलबाट गोली हानेका थिए ।

गोलीले दाहिने पाखुरा छेडेर गम्भीर घाइते भएका शेखको शुक्रबार बिहान मृत्यु भएको हो । गोली लागे लगत्तै उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो । त्यहाँ पनि उपचार असम्भव नदेखिएपछि काठमाडौं लाने क्रममा शुक्रबार बिहान ७ बजे उनको निधन भएको हो ।

गोली हान्ने भाई सेराजुद्धिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पेस्तोल र गोलीसहित पक्राउ परेका सेराजुद्धिन जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन् । गोलि हान्नने सेराजुद्धिनलाई स्थानीय बासी र प्रहरीको सहयोगमा नलकटुवा पेस्तोल र सो मा लाग्ने चार राउन्ड गोलि सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजेश प्रसाद चौधरीले वताए ।

आफ्नो श्रीमती सङ अनैतिक सम्बन्ध राखेको कारण आफुले दाईलाई गोलि हानेको सेराजुद्धिनले वताएका छन । स्थानियले सेराजुद्धिनलाई प्रहरीलाई बुझाउने क्रममा उनले दाईले आफ्नो श्रीमती संग अनैतिक सम्बन्ध राखेकाले गोली हानेको वताएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...