Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

भाईले हानेको गोली लागि घाइते दाईको मृत्यु

spot_img
spot_img

वीरगन्ज । पर्सामा भाईले हानेको गोली लागेर दाईको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका १ बलुवामा भाइले हानेको गोली लागेर घाइते भएका ४८ वर्षीय शेख फारुकको शुक्रबार बिहान मृत्यु भएको हो । शेखलाई उनका कान्छा भाई ३८ वर्षीय शेख फारुक सेराजुद्धिनले बिहिबार सांझ नलकटुवा पेस्टोलबाट गोली हानेका थिए ।

गोलीले दाहिने पाखुरा छेडेर गम्भीर घाइते भएका शेखको शुक्रबार बिहान मृत्यु भएको हो । गोली लागे लगत्तै उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो । त्यहाँ पनि उपचार असम्भव नदेखिएपछि काठमाडौं लाने क्रममा शुक्रबार बिहान ७ बजे उनको निधन भएको हो ।

गोली हान्ने भाई सेराजुद्धिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पेस्तोल र गोलीसहित पक्राउ परेका सेराजुद्धिन जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन् । गोलि हान्नने सेराजुद्धिनलाई स्थानीय बासी र प्रहरीको सहयोगमा नलकटुवा पेस्तोल र सो मा लाग्ने चार राउन्ड गोलि सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजेश प्रसाद चौधरीले वताए ।

आफ्नो श्रीमती सङ अनैतिक सम्बन्ध राखेको कारण आफुले दाईलाई गोलि हानेको सेराजुद्धिनले वताएका छन । स्थानियले सेराजुद्धिनलाई प्रहरीलाई बुझाउने क्रममा उनले दाईले आफ्नो श्रीमती संग अनैतिक सम्बन्ध राखेकाले गोली हानेको वताएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...