Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रदेश २ सरकारको सार्वजनिक विदा : खुल्दै आएका बैंक तथा संघ मातहतका कार्यालयहरु पनि वन्द

spot_img
spot_img

वीरगंज, २ बैशाख ।
प्रदेश २ सरकारले जुडशितलको अवसरमा आज सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवेले प्रेस विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका थिए ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व मनाउने गरेका कारण प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

यता प्रदेश सरकारले सार्वजनिक विदा दिएको दिन वीरगंज लगायतका बैंक तथा वित्तिय संस्थाहरु खुल्दै आए पनि आज बन्द भएका छन । एकासी बैंकहरु बन्द भए पछि सेवाग्राहीहरु मर्कामा परेका छन ।

दुई दिन पछि आज बैंकहरु खुल्ने आसामा टाढा टाढाबाट वीरगंज लगायतको बैंकहरुमा पुगेका सेवाग्रहीहरुलाई सास्ती भएको छ । यस्तै खुल्दै आएका संघ सरकार मातहतका जिल्ला प्रशासन कार्याल लगायतका सम्पूर्ण कार्यालयहरु पनि वन्द भएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...