Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पत्रकार र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज, २८ चैत ।
आवाज एफ.एम ८८ मेगाहर्जको तेश्रो वार्षिकोत्सवको अवसरमा बिहिवार पत्रकार र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । संघिय प्रहरी इकाई गुल्मको खेल मैदानमा आयोजित मैत्रीपुर्ण खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । पत्रकारहरुले जनप्रतिनिधीहरुको टिमलाई शुन्यको विरुद्ध चारगोल अन्तरले पराजित गरेका हुन ।

match udhghatan_kalikatimesपत्रकारहरुको तर्फबाट भुषण यादवले तीनगोल र विजय भण्डारीले एक गोल गरेका थिए । मध्यान्ह अघि तीन गोल र त्यस पछि एक गोल पत्रकारहरुको टिमले गरेका थिए । मैत्रीपुर्ण फुटबल खेलको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, पुर्व सांसद बिचारी यादव, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका थिए । प्रतियोगितामा जनप्रतिनिधीको तर्फबाट सांसद यादव र प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा पनि सहभागि थिए ।

patrakar team_kalikatimesएफएमका अध्यक्ष श्याम बंजाराको अध्यक्षतामा भएको प्रतियोगितामा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अन्सारी, पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतो, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, पत्रकार महासंघका प्रदेश संयोजक दीपेन्द्र चौहान, नेकपा नेता बसरुदिन अंसारी, सेनानी सृजन बहादुर मल्ल, ओबिसी पर्सा अध्यक्ष अकलेश साह लगायतकाको सहभागिता रहेको थियो ।

atithi_alikatimesबार्षिकोत्सवको अवसरमा एफएमले यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखा भवन र परिसरको सरसफाई र नारायणी अस्पतालको प्रस्तुती वार्डमा फलफुल वितरण गरिसकेको छ ।

footbal match_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...