Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

पत्रकार र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

वीरगंज, २८ चैत ।
आवाज एफ.एम ८८ मेगाहर्जको तेश्रो वार्षिकोत्सवको अवसरमा बिहिवार पत्रकार र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । संघिय प्रहरी इकाई गुल्मको खेल मैदानमा आयोजित मैत्रीपुर्ण खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । पत्रकारहरुले जनप्रतिनिधीहरुको टिमलाई शुन्यको विरुद्ध चारगोल अन्तरले पराजित गरेका हुन ।

- Advertisement -

match udhghatan_kalikatimesपत्रकारहरुको तर्फबाट भुषण यादवले तीनगोल र विजय भण्डारीले एक गोल गरेका थिए । मध्यान्ह अघि तीन गोल र त्यस पछि एक गोल पत्रकारहरुको टिमले गरेका थिए । मैत्रीपुर्ण फुटबल खेलको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, पुर्व सांसद बिचारी यादव, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका थिए । प्रतियोगितामा जनप्रतिनिधीको तर्फबाट सांसद यादव र प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा पनि सहभागि थिए ।

patrakar team_kalikatimesएफएमका अध्यक्ष श्याम बंजाराको अध्यक्षतामा भएको प्रतियोगितामा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अन्सारी, पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतो, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, पत्रकार महासंघका प्रदेश संयोजक दीपेन्द्र चौहान, नेकपा नेता बसरुदिन अंसारी, सेनानी सृजन बहादुर मल्ल, ओबिसी पर्सा अध्यक्ष अकलेश साह लगायतकाको सहभागिता रहेको थियो ।

atithi_alikatimesबार्षिकोत्सवको अवसरमा एफएमले यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखा भवन र परिसरको सरसफाई र नारायणी अस्पतालको प्रस्तुती वार्डमा फलफुल वितरण गरिसकेको छ ।

footbal match_kalikatimes

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...