Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बारा र पर्सामा भीषण हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि

spot_img
spot_img

काठमाण्डौ २८ चैत । – मौसमविद्को टोलीले १० दिनअघि बारा र पर्सामा आएको भीषण हावाहुरीको स्थलगत अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्दै मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्यहरू सार्वजनिक गरेको छ ।
प्रारम्भिक अध्ययनबाट नै ‘टोर्नाडो’को अनुमान गरेको मौसमविद् टोलीले बुधबार पत्रकार सम्मेलन गरी स्थलगत अध्ययनको विवरण सार्वजनिक गरेको हो । जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्रा्ष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको छ सदस्यीय मौसमविद्को टोलीले चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।
विभागका वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठ नेतृत्वको टोलीले ड्रोन क्यामेराबाट क्षतिको भिडियो र तस्बीर लिनाका साथै प्रभावित क्षेत्रका स्थानीयवासीसँग जानकारी लिएको थियो । अध्ययनको विवरणबारे जानकारी गराउँदै वरिष्ठ मौसमविद् डा. श्रेष्ठले ‘टोर्नाडो’ पर्साको जगतनाथपुरबाट सुरु भई बाराको बैरियामा पुगेर कमजोर भएको देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थलगत अध्ययनमा झण्डै २० टन तौलको ट्रकलाई एक फन्का घुमाएर ढलाएको, हावाको वेगले ठूला रूख जरैदेखि उखेलिएका, हावाले उडाएर रूखमा अड्किएका जस्तापाता बाङ्गिएर मोडिएका, बाँसको झाडी उखेलिएको, पक्की घरकोे छत उडाएर ८० मिटर टाढा र्पुयाएको दृश्य देखियो । सबै दृश्य र विशेषताका आधारमा भीषण हावाहुरी टोर्नाडो हो भन्ने पुष्टि हुन्छ ।”
प्रभावित क्षेत्रमा हावाले र्पुयाएको क्षति हेर्दा सानो सीमित क्षेत्रको चौडाइमा भएको देखिएको अवगत गराउँदै वरिष्ठ मौसमविद् डा श्रेष्ठले कुनै ठाउँमा एउटै रूखको पनि आधा भाग भाँचिएको र आधा भागमा केही नभएको सुनाउनुभयो । टोलीले भूउपग्रहबाट लिइएको तस्बीर र स्थानीयवासीसँग लिएको जानकारीका आधारमा टोर्नाडो चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको अनुमान गरेको छ । त्यो मौसम प्रणाली भने पोखरामा उत्पन्न भएको थियो ।
मौसमविद्हरू हावाहुरीको क्षतिका बारेमा प्रारम्भमा सेन्टिनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बीरको अध्ययनबाट भीषण हावाहुरी टोर्नाडो भएको प्रारम्भिक निष्कर्षमा पुगेका थिए । द स्मल अर्थ नेपालका अनुसन्धान संयोजक पीयूष दाहालले प्रभावित क्षेत्रमा भएको क्षतिको विशेषता हेर्दा आकाशबाट सोेली आकारको सुरुङ जस्तो आएको र क्षति र्पुयाएको अवस्था हेर्दा टोर्नाडो भएको पुष्टि हुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पीडितले हावाले एकदमै घुमाएको भनी सञ्चारमाध्यमबाट प्रारम्भिक जानकारी पाएपछि हामीले टोर्नाडोको अनुमान र्गयौँ र थप अध्ययन तथा तथ्याङ्क सङ्कलन गरेर निष्कर्षमा पुग्यौँ ।”
भूउपग्रहको तस्बीरका आधारमा ‘टोर्नाडो’ करिब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको हुनसक्ने अनुसन्धान संयोजक पीयूष दाहालको भनाइ थियो । यद्यपि टोलीले स्थलगत अध्ययनको थप विश्लेषण गरी विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्ने र टोर्नाडोको नेपाली नामकरण गर्नेसमेत जनाएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यले टोर्नाडाको ‘फरकास्ट’ (दुईरतीन दिनको अनुमान) गर्न सम्भव नभएको तर ‘नाउकास्ट’ (एकरदुई घण्टाको अनुमान) मात्र गर्न सकिने बताउनुभयो । “सबैभन्दा बढी टोर्नाडो आउने संयुक्त राज्य अमेरिका जस्तो मुलुकमा पनि एक÷दुई घण्टाअघि मात्र टोर्नाडोको अनुमान गर्न सकिने प्रविधि छ,” उहाँले भन्नुभयो ।
प्रभावित क्षेत्र नजीक मौसमी राडार नभएकाले उक्त मौसमी प्रणालीको तथ्याङ्क रेकर्ड गर्न नसकिएको विभागले जनाएको छ । यही चैत १७ गते आइतबार साँझ बारा र पर्सामा गएको हावाहुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको थियो । यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन ।
विभागका पूर्वमहानिर्देशक वरिष्ठ मौसमविद् डा मदनलाल श्रेष्ठले भविष्यमा यस्ता घटनाको पूर्वसूचना प्रवाह गरी उपयुक्त सतर्कता अपनाउन यस्ता विनाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानको खाँचो रहेको बताउनुभयो ।
टोर्नाडोको मापन गर्ने फुजिता स्केल रहेको र क्षति र्पुयाएको आधारमा एकदेखि पाँच अङ्कसम्म मापन गर्ने गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “बारा र पर्सामा आएको टोर्नाडोको क्षति हेर्दा तीन अङ्कसम्मको हुनुपर्छ ।” विभागले विवरणको थप विश्लेषण गरी केही समयमा टोर्नाडोका आकार, चौडाइ, वेग तथा तीव्रता बारेमा आधिकारिक सूचना सार्वजनिक गर्ने जनाएको छ ।रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...