Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

‘लभ स्टेसन’ ले रिलिजको तीन दिनमा दुई करोडको व्यापार गर्यो

spot_img
spot_img

काठमाडौं । उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेसन’ ले रिलिजको तीन दिनमा दुई करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । स्कुल कलेज बिदा भएका कारण पनि चलचित्रले राम्रो व्यापार गरिरहेको प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । आफ्नो फिल्मले यही गतिमा एक सातासम्म व्यापार गर्दा लगानी सुरक्षित भएर केही मुनाफा हुने शाहीले जिकिर गरे ।

शुक्रबारबाट देशका १ सय ४ हलमा लागेको यो चलचित्रको वियोगान्त गीत ‘कहाँ राख्न सकें…’ को भिडियो मंगलबार सार्वजनिक गरिएको छ । अभिनेत्री जसिता गुरुङको अर्का अभिनेता प्रकाश शाहसँग विवाह हुने भएपछि जसिताको प्रेमी बनेको अभिनेता प्रदीप खड्काले प्रेमवियोगमा विवाह समारोहमा यो गीत गाएका छन् । अभिनेता प्रदीप ब्यान्डमा गाएको भूमिकामा छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई डेभिड शंकरले गाएका छन् । गीतको संगीत संयोजन रितेस गुरुङले गरेका हुन् ।

सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाई कविर विक्रम शाही र कृशु शाही (काफिया) ले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै प्रकाश शाह, रमेश बुढाथोकी, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मी पाण्डे, रिसु खरेल लगायतका कलाकारको अभिनय छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...