Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बालकको उपचारका क्रममा मृत्युपछि आम्दा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

spot_img
spot_img

बुटवल,२८,चैत ।
बालकको मुत्यु पछि बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका छन् ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बालकको उपचारका क्रममा मृत्यु भएपछि बुधबार देखि आम्दा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका हुन्।
अस्पतालमा बालकको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल प्रशासनले आफन्तसँग गरेको सहमतिमा असन्तुष्टि व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका हुन्।
सोमबार साँझ ७ बजे बुटवल सुख्खानगरका नारायण दर्लामीले १० महिने बालक (ओम दर्लामी)को उपचारका क्रममा एक घण्टापछि बालकको मृत्यु भएको थियो।
स्वास्थ्यकर्मीको लापरबाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए।
उनीहरूको आन्दोलनपछि अस्पताल प्रशासन र आफन्तबीचको वार्ताबाट दर्लामीका दुई छोरीलाई १० कक्षासम्म अस्पतालले निःशुल्क पढाइदिने, बुवा, आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने, छोरीहरूको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति भएको थियो।
सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यकर्मीहरूले आन्दोलन सुरु गरेका हुन्। ‘स्वास्थ्यकर्मीको लापरबाही देखाएर गरिएको सहमतिमा अस्पताल प्रशासनप्रति हाम्रो आपत्ति छ’, अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले भनिन्, ‘यत्रो सहमति हुँदा एकपटक हामीलाई सोध्नुपर्छ कि पर्दैन?’
बिरामीको मृत्युपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नर्सलाई मृतककी आमाले हातपात गरेको उनीहरूको आरोप छ ।
बिरामी बचाउनका लागि उपचार गर्ने भएकाले आफूहरूको प्रयास सधैं बचाउनका लागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशीला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि लगाएका सबै आरोप निराधार भएको दाबी गरिन्।
उनीहरूले सिकिस्त बिरामी आउँदा अब छुने अवस्था नरहेकाले काम गर्ने वातावरण बनाउन तथा स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरूलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग माग राखेका छन्।
आफूहरूले उठान गरेका माग पूरा नहुँदासम्म काममा नफर्किने उनीहरूको अडान छ ।साभार स्वास्थ्य पत्रीकाबाट

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...