Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

विपत्त व्यवस्थापन कोषमा ४१ लाख ८६ हजार ९२३ रुपयाँ जम्मा

spot_img
spot_img

बारा,२८ चैत ।
बारा जिल्लको आँधी हुरीका विपत् व्यवस्थापन कोषमा ४१ लाख ८६ हजार ९२३ रुपयाँ जम्मा भएको छ । आँधी हुरी प्रभावितहरुको सहयोगका लागि जिल्ला प्रशासन कार्यालय बाराले स्थापना गरेको कोषमा रकम संकलन भएको हो । जिल्ला प्रशासन कार्यालय बारा र पर्सामा जनधनको क्षति र्पुयाउने गरी गएको आँधी हुरीबाट पीडितलाई राहत दिन विपत्त व्यवस्थापन कोषको राष्ट्रिय वाणिज्य बैंक कलैया शाखामा रहेको खाता नम्बर १२६००१३०१३०१ मा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको थियो । कोषमा सबैभन्दा बढी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले १४ लाख ७० हजार ३२० रुपैयाँ जम्मा गरेको छ । त्यस्तै प्रदेश ३ कै सिन्धुलीको विभिन्न स्थानीय तहबाट ६ लाख ५० हजार रुपैयाँसहित ६०० थान झुल बारा प्रजिअ पौडेललाई हस्तान्तरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, उपमहानगरपालिकाका कर्मचारीले एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइका अनुसार करिब एक लाख रुपैयाँ रकम संकलन हुनेछ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...