Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्सामा हावाहुरीबाट ७ करोड ६९ लाखको क्षती, ३ जनाको मृत्यु

spot_img
spot_img

वीरगंज : पर्साको बिपत ब्यवस्थापन तथा उद्धार समितीको आइतबार बसेको बैठकले चैत्र १७ गते आएको हावाहुरीबाट भएको मानवीय तथा धनजनको क्षतीको विवरण सहित केही महत्वपुर्ण निर्णय गर्दै अनुमोदन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको अध्यक्षतामा बसेको बैठकले बिपतमा परेकालाई जनप्रतिनिधी, बिभिन्न संघ/संस्था, प्रहरी, सेना, अस्पताल, स्वास्थ्यकर्मी, कर्मचारीलाई धन्यवाद दिदै ब्यवस्थपकिय कार्यलाई सक्रियतालाई निरन्तरता जारी राख्न अनुरोध गर्ने निर्णय गरेको छ , जिल्लाका बिभिन्न अस्पतालमा उपचारार्थ घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

हावाहुरीबाट पर्सामा १ हजार १ सय १२ जना महिला र १ हजार २ सय ७८ जना पुरुष प्रभावित भएका छन । ५ बर्ष मुनिका बालबालिकाहरु २ सय २३, बृद्धबृद्धा १ सय ३६, गर्भवति तथा सुत्केरी ३ जना प्रभाति छन भने पर्सामा १ जनाको मृत्यु भएको छ भने पर्साकै २ जना बाराको चिमनीभाटठामा काम गर्ने २ जनाको मृत्यु हुदा पर्सामा मृत्यु भएको संख्या ३ पुगेको छ । ३३ जना घाईते छन भने ९० घरदुरी पुर्ण रुपमा क्षतीग्रस्त छ भने आशिंक रुपमा ३ सय ६ घरदुरी क्षती ग्रस्तहुदा जम्मा ३ सय ९६ घरदुरीको क्षतीको विवरण प्रस्तुत गरी अनुमोदन गरिएको छ ।

बासस्थानमा भएको क्षतीको कुल लागत १ करोड ४९ लाख ६३ हजार ५ सय छ भने बालीनाली ७४ घरपरिवार, पशुपालन ८ घरपरिवार, ब्यापार उधोग ३ वटा, गरी ४ करोड २४ लाख ७ हजारको क्षतीको विवरण संकल्न भएको छ । स्वास्थ्य, सरसफाई, खानेपानी, धारा, ईनार, टयुबेल १६ वटा र शौचालयको २९ वटाको अनुमानित क्षती २ लाख ९६ हजार रहेको छ । ब्यक्तिगत क्षती १ करोड ९४ लाख ९६ हजार ५ सय रहेको छ ।

बिधालयमा ४ वटा मदरसा, ९ वटा मंदिर, २ वटा उधोग सिमेन्ट , १ वटा फर्म कुखुरा र २ बाखा्र फर्म क्षतीग्रस्त भएको विवरण अनुमोदन गरेको छ । हावाहुरीका कारण प्रभावित परिवारको संकलित तथ्यांक अनुसार बिभिन्न कलस्टरलाई परिचालन गर्ने र १ हप्ता भित्र बिपत ब्यवस्थापन समितीमा पेश गर्न लगाउने, ५ बर्ष मुनिका बालबालिकालाई मनोबिमर्शका जिम्मा युएनएफपीए तथा ओरेक नेपपाललाई अनुरोध गर्ने, हावाहुरी पिडीतहरुलाई राहत सामग्री बितरण गर्ने कार्यलाई एकद्धार प्रणालीबाट संचालन गर्न जिल्ला प्रशासन कार्यालयको गठित समितीले मात्रै राहत बितरण गर्ने निर्णय गरेको छ ।

सो समितीमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको संयोजकत्वमा ६ सदस्यी समिती गठन गरिएको छ । जसको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रमुख नायब उपरिक्षक मानबहादुर राई, जिल्ला समन्वय समिती पर्साका प्रतिनिधी रिजवान उल्हक, नेपाल रेडक्रस सोसाईटी पर्साका प्रतिनिधी बिरशमशेर प्रसाद कुर्मी, उधोग बाणिज्य संघका प्रतिनिधी हेमशकर कर्ण र गैरसरकारी संस्था महासंघ नेपाल पर्साका प्रतिनिधी शम्भु कुमार सुमन रहने गरी समितीलाई अनुमोदन गरिएको हो । साथै आजको बैठकले पुर्ण रुपमा क्षती ग्रस्त पर्साका ९० घरपरिवारका लागी गैस सिलिन्डर र चुल्हाका लागी नेपाल सरकार सित मांग गर्ने समेत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भटराईले बताउनु भयो ।

बैठकमा संघिय सांसद प्रदिप यादव, जिल्ला समन्य समिती पर्साका संयोजक नेकमहम्मद अंसारी, प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज साह, बिरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, नेपाली कांग्रेसका सभापति अजय द्धवेदी, बिभिन्न पालिकाका प्रमुख, बिभिन्न पार्टीका प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बान्जारा, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...