Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

असिना पानीका कारण हावाहुरी पीडितको झन् विचल्ली

spot_img
spot_img

वीरगंंज, २३ चैत । आज आएको हावाहुरीसहितको असिना पानीका कारण बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ ।

पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् ।

केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीयले बताएका छन् ।

बर्षाका कारण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बस्न सकेको छैन ।

गत आइतबार राति आएको हावाहुरीका कारण २४ सय घरपरिवार प्रभावित भएको भए पनि अहिलेसम्म स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा झन्डै ६ सय टेन्ट मात्र पुगेको बताइएको छ ।

यस घटनामा बारा, पर्साका २९ जनाको मृत्यु, करिब ६ सय घाइते भएका छन् । २४ सय घर परिवार प्रभावित भएकोमा एक हजार घर पूर्णरुपमा भत्किएको रेडक्रसले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...