Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

बिन्दवासिनीमा कुष्ठरोग निवारण सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, २२ चैत ।

पर्साको बिन्दवासिनी गाउँपालिकामा शुक्रबार कुष्ठ रोग निवारण अभियान सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्यपालिको कार्यालय बहुअर्वा भाठ्ठामा भएको कुष्ठ रोग निवारण अभियान सम्बन्धि संचाकर्मी संगको अन्तरक्रिया कार्यक्रममा कुष्ठ रोग निवारण बारे जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालय, पर्साका शम्भु प्रसाद यादवले कुष्ठ रोग अब निको हुने रोग भएको वताए ।

उनले भने ‘कुष्ठ रोग सरुवा रोग भए पनि जुन व्यक्तिमा रोग संग लडने क्षमता हुदैन त्यही व्यक्तिमा मात्र सर्ने गर्छ’ । अरुले संगै बसे पनि केही फरक नपर्ने उनले वताए । २०६६ माघ ५ गते नै नेपाल कुष्ठ रोग निवारण घोषणा भए पनि प्रदेश २ मा हाल पनि कुष्ठ रोगको जोखिम रहेको वताए ।

प्रदेश नं. २ को सप्तरी वाहेकको ७ वटा जिल्लामा पि.आर. एक प्रतिशत भन्दा माथी रहेको वताए । दश हजारमा ०.७७ प्रतिशत दर रेट भन्दा कम हुनु पर्नेमा पर्सामा ०.९४ प्रतिशत दर रेट रहेको वताए । उनले त्यही भएर बिन्दवासिनीमा पनि कुष्ठ रोग तथा छाला रोग निवारण अभियान संचालन गर्न लागिएको जानकारी गराए ।

पर्साको जिराभवानी गाउँपालिका, छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकामा कुष्ठ रोग निवारण अभियान सम्पन्न भइसकेको वताए ।

जस अभियान अन्तर्गत जिराभवानीमा ५ जना, छिपरमाईमा ११ जना, कालिकामाईमा ८ जना र पोखरियामा ४ जनामा कुष्ठ रोगी फेला परेको र तिनीहरुको औषधी पनि चलिरहेले निको पनि हुने वताए । कार्यक्रममा वोल्दै गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले कुष्ठ रोग निवारण अभियान प्रभावकारी रुपमा संचालन गर्न आवश्यक रहेको वताइन ।

कार्यक्रमलाई सम्बोधन गर्दै अभियान संचालन गर्दा कुष्ठ रोग अभियान नभनेर छाला रोग अभियान भनेर संचालन गर्नु पर्ने सुझाव दिइन । कुष्ठ रोगी फेला परे पनि त्यसको नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार गर्नु पर्ने समेत वताईन ।

बिन्दवासिनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका स्वास्थ्य संयोजक नरेश प्रसाद चौहानले गरेका थिए भने कार्यक्रमको संचालन स्वाथ्य शाखाका सोनालाल चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...