Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बिन्दवासिनीमा कुष्ठरोग निवारण सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, २२ चैत ।

पर्साको बिन्दवासिनी गाउँपालिकामा शुक्रबार कुष्ठ रोग निवारण अभियान सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्यपालिको कार्यालय बहुअर्वा भाठ्ठामा भएको कुष्ठ रोग निवारण अभियान सम्बन्धि संचाकर्मी संगको अन्तरक्रिया कार्यक्रममा कुष्ठ रोग निवारण बारे जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालय, पर्साका शम्भु प्रसाद यादवले कुष्ठ रोग अब निको हुने रोग भएको वताए ।

उनले भने ‘कुष्ठ रोग सरुवा रोग भए पनि जुन व्यक्तिमा रोग संग लडने क्षमता हुदैन त्यही व्यक्तिमा मात्र सर्ने गर्छ’ । अरुले संगै बसे पनि केही फरक नपर्ने उनले वताए । २०६६ माघ ५ गते नै नेपाल कुष्ठ रोग निवारण घोषणा भए पनि प्रदेश २ मा हाल पनि कुष्ठ रोगको जोखिम रहेको वताए ।

प्रदेश नं. २ को सप्तरी वाहेकको ७ वटा जिल्लामा पि.आर. एक प्रतिशत भन्दा माथी रहेको वताए । दश हजारमा ०.७७ प्रतिशत दर रेट भन्दा कम हुनु पर्नेमा पर्सामा ०.९४ प्रतिशत दर रेट रहेको वताए । उनले त्यही भएर बिन्दवासिनीमा पनि कुष्ठ रोग तथा छाला रोग निवारण अभियान संचालन गर्न लागिएको जानकारी गराए ।

पर्साको जिराभवानी गाउँपालिका, छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकामा कुष्ठ रोग निवारण अभियान सम्पन्न भइसकेको वताए ।

जस अभियान अन्तर्गत जिराभवानीमा ५ जना, छिपरमाईमा ११ जना, कालिकामाईमा ८ जना र पोखरियामा ४ जनामा कुष्ठ रोगी फेला परेको र तिनीहरुको औषधी पनि चलिरहेले निको पनि हुने वताए । कार्यक्रममा वोल्दै गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले कुष्ठ रोग निवारण अभियान प्रभावकारी रुपमा संचालन गर्न आवश्यक रहेको वताइन ।

कार्यक्रमलाई सम्बोधन गर्दै अभियान संचालन गर्दा कुष्ठ रोग अभियान नभनेर छाला रोग अभियान भनेर संचालन गर्नु पर्ने सुझाव दिइन । कुष्ठ रोगी फेला परे पनि त्यसको नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार गर्नु पर्ने समेत वताईन ।

बिन्दवासिनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका स्वास्थ्य संयोजक नरेश प्रसाद चौहानले गरेका थिए भने कार्यक्रमको संचालन स्वाथ्य शाखाका सोनालाल चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...