Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

यादवले सञ्चालन गरेको रक्सी भट्टी नष्ट

spot_img
spot_img

वीरगंज,२२ चैत ।
पर्सा प्रहरीले शुक्रवार अवैध रक्सी भट्टी नष्ट गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका २७ उदयपुरघुर्मीमा अवैध रक्सी भट्टी नष्ट गरेको हो ।
वीरगंज महानगरपालिका २७ उदयपुरघुर्मीमा अर्काको जग्गा कब्जा गरी भरत यादवले सञ्चालन गरेको रक्सी भट्टी नष्ट गरेको हो ।
बाँसको झाडीले घेरिएको खोला नजिकै रहेको जग्गामा यादवले बलजफ्ती फुसको अस्थायी छाप्रोमा घरेलु रक्सी उत्पादन र्गै आएका थिए ।
महेश रामको जग्गा बलजफ्ती कब्जा गरी अवैध घरेलु रक्सी उत्पादन हुन्छ सूचनाको आधारमा प्रहरी टोलीले रक्सी भट्टी नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले ३ सय लिटर रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ, ४ थान ड्रम र बाल्टिनसमेत बरामद गरि नष्ट गरेको प्रहरी निरीक्षक चक्र बहादुर मल्ललको जानकारी दिए ।
बाहिरबाट ताल्चा लगाएर राखिएको अवस्थामा खोलेर हेर्दा चार वटा ड्रममा रक्सी बनाउने कच्चा पदार्थ राखेको पाइएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...