Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

हावाहुरी प्रभावितलाई विद्यार्थीहरुद्वारा सेनेटरी पैड वितरण

spot_img
spot_img

वीरगंज, १९ चैत ।
समृद्ध नेपाल युवा समाज संग आवद्ध विद्यार्थीहरुले बुधबार हावाहुरी प्रभावित क्षेत्रमा सेनेटरी पैड लगातका राहत समग्री वितरण गरेका छन । काठमाण्डौबाट आएका कक्षा ११, १२ मा अध्ययनरत समाज संग आवद्ध विद्यार्थीहरुले हावाहुरी प्रभावित बाराको प्रसौनी गाउँपालिकाको खटुवामा पुगि राहत सामग्री वितरण गरेका हुन ।

महिलाहरुको लागि सनेटेरी पैड लगायत दैनिक जिवनमा प्रयोग हुने साबुन, ब्रस, तुथ पेष्ट लगायत खाद्यय सामग्री एक सय ५० घरदुरीलाई वितरण गरिएको समाजका संयोजक भेष साहले वताए । यसका साथै हवाहुरी प्रभावित क्षेत्रमा मंगलबार देखी नै खटेका समाजका स्वयंसेवहरु बुधबार पनि श्रमदान गरेको समाजका सह संयोजक रवि चौधरीले वताए ।

युवा समाजका दुई दर्जन जति स्वंय सेवकहरु हावाहुरी प्रभावित खटुवामा श्रमदान गरेको उनले वताए । राहत वितरण गर्ने क्रममा खटुवामा अझै पनि त्रिपाल, मछर जाली लगायतको अस्थाई बासको लागि राहत सामग्री पुगी नसकेको पिडितहरुको गुनासो गरेको समाजका लक्ष्मण साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...