Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

मधेशी एसोसिएसन ईन अमेरिकाद्वारा सोमबार देखि नै प्रभावित क्षेत्रमा राहत वितरण

spot_img
spot_img

वीरगंज, २० चैत्र ।
हावाहुरीबाट प्रभावित बाराका पिडितहरुलाई मधेशी एसोसिएसन ईन अमेरिका (मा) ले राहत वितरण गरेको छ । फेटागाउँपालिकाको भलुवही, भरवलिया, पुरैनिया र प्रसौनी गाउँपालिकाको खटुवा लगयातको प्रभावित क्षेत्रमा ‘मा’ को टोलिले सोमबार देखि राहत वितरण गरेको हो । हावाहुरी पिडितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले वताए ।

संयोजक सर्राफको नेतृत्वमा गएको टोलिले शोमबार देखि बाराका विभिन्न प्रभाती क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग ८ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो । भिजिट मधेस नेपालले ‘मा’ द्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।

‘मा’ ले उपलब्ध गराएको सहयोगबाट तत्काल आवश्यक पर्ने राहत र खाद्यान्न सामाग्री लिएर हामि बारा जिल्लाका प्रभावित क्षेत्रहरुमा हिजो देखि नै खट्दै छौं, वरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले भने, ‘हाल सम्म हामीले बाराको भलुवही, भरवलिया, पुरैनिया, खटुवा लगयातको प्रभावित क्षेत्रका लगभग ८ सय परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराएका छौं ।’ साहले मधेसलाई आवशयकता परेको बेला ‘मा’ हरपल सहयोग गर्न तैयार रहेको बताए ।

त्यसैगरि ‘मा’ का प्रवक्ता प्रमोद (राज) सर्राफले हाल सम्म ‘मा’ ले ४ लाख भन्दा पनि बढि रकमको त्रिपाल, सुत्ने म्याट, झुल, बाल्टिन, खाद्यान्न लगयातको राहत सामाग्री उपलब्ध गराई सकेको जानकारी गराए । उनले राहत वितरण कार्यलाई अहिले केहि दिन अझै निरन्तरता दिने बताएका छन् । सर्राफले आश्यकता अनुसार ’मा’ले स्वास्थ्य सिविर संचालन र पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामि नेपालमा आएको समस्यालाई समाधान गर्न तत्पर छौं, सर्राफले भने, ‘अहिले तत्कालको जरुरतलाई मध्यनगर गर्दै सहयोग उपलब्ध गराएका छौं, थप आवश्यकता परे हामि तैयार छौं, स्वास्थ्य सिविर संचालन होस् या पुनर्निर्माण ‘मा’ सहयोग गर्न उप्लबल्ध हुन्छ ।’

‘मा’का नेपाल प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार अनुराज अनन्त, भिजिट मधेसका स्वयंसेवक पकज पटेल, मुन्ना सर्राफ, रवि गुप्ता, स्वास्थ्यकर्मी अनिश कुशवाह, धिरेन्द्र जैश्वाल, विनोद साह, दिपु बरनवाल, नितेश बरनवाल, श्याम सर्राफ, जय साहलगयातको टोलिले राहत वितरणमा गर्नुको साथै प्रभावित क्षेत्रमा श्रमदान पनि गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...