Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

घाइतेहरुको लागि अस्पतालमा नि:शुल्क खाना

spot_img
spot_img

वीरगंज, १९ चैत ।
वीरगंज हेल्थ केयर अस्पतालमा निःशुल्क खानाको व्यवस्था गरिएको छ । गत आइतवार राति आएको भिषण हावाहुरीका घाईतेहरुको निःशुल्क उपचार समेत भइरहेको छ । अस्पतालमा उपचाररत घाइते तथा कुरुवाहरुको लागि निःशुल्क खानाको व्यवस्था गरिएको हो । अस्पतालमा हाल सम्म १२५ घाईतेको उपचार गरिएको छ । हेल्थ केयरमा प्राय विरामी टाउको तथा खुट्टामा चोट लागेकाहरु उपचाररत छन ।

अहिले सम्म ४० जना घाईतेको उपचार गरी रेफर गरीएको अस्पताल प्रशासनले जनाएको छ । घाईतेहरु मध्ये मंगलवार १२ वर्षिय करण पटेलको टाउकोमा रगत जम्मेको सल्यक्रिया गरिएको छ । ‘प्राकृति विपती आएको बेला आफुले गर्न सक्ने हरेक सम्भव सहयोग गर्छु डा. अबुलेस हसनले भने, ‘आफ्नो गाउँ–ठाउँमा समस्या परेको बेला स्थानीयहरुले पनि आफ्नो श्रोत/साधान प्रयोग गर्दै सहयोग गर्नु पर्छ ।

’हसनले आइतवार आएको हावाहुरीका दिन अस्पतालका हरेक डाक्टर तथा स्वस्थ्यकर्मीहरु घाईतेको उपचारको लागि घटेको वताए । हाल पनि पिडितहरुको उदार र उपचारमा आफुले कुनै कसर नछोडने प्रतिबद्धता संचाकर्मीहरु संग कुरा गर्दै वताए । आइतबार रातिको शक्तिशाली हावाहुरीले प्रभावित बनेको बाराको भरवलियामा पनि सामूहिक ’मेस’ सञ्चालन गरिएको छ । यस्तै नारायणी अस्पतालमा पनि घाइते बिरामीहरुको लागि निःशुल्क खानाको प्रबन्ध गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...