Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

श्रीमतीलाई कुटपिट गरि मार्ने डा.को तस्वीर हेर्न पाए माइतका चाहाना, सुनीतादेवीको दाह सँस्कार

spot_img
spot_img

वीरगंज,१७ चैत ।
नारायणी अस्पतालका डा. सचितानन्द यादवको कुटाइबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार भएको छ । सुनिताको माइती घर बारा पारवानीपुर गा.पा वडा ५ बहुवरीबाट आइतबार बिहान बारा प्रसौनी गा.पा को दुघौरा नदीमा हिन्दु परम्परा अनुसार दाह सँस्कार गरिएको हो । डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते बनेकी सुनिताको वीरगंजबाट काठमाडौँको शिक्षण अस्पतालमा लगीएको शुक्रबार मृत्यु भएको थियो। सुनितादेवीको मृत्युबाट माइती पक्ष आन्दोलित भएका छन् । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगजका अगुवाइहरूले प्रदर्शन गरेका थिए।सुनीताका आफन्त तथा माईतका नागरीकले बढो धुम धामका साथ विवाह डाक्टर बर खोजेर बिहेगरी सुख हुन्छ भन्ने सोचको बताए । दाइजोमा करिव २० लाख बराबरका नगद तथा गरगहना दिएका थिए, ‘तर,डा.ले दाइजोकै निहुँमा सुनीतको हत्या गयो। श्रीमतीलाई कुटपिट गरि मार्ने डा.को तस्वीर हेर्न पाए हुन्थ्यो भनेर सुनीताका माइतका नागरिकले चाहाना व्यक्त गरेका छन् । पीडित परिवारलाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र प्रउ रेवती ढकाल दोषीलाई कानुनको दायरामाल्याई कडा कारवाही गर्ने आश्वासन दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी कार्यालयको...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...