Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसौनी गाउँपालिकाद्वारा मृत्यु भएका ३ परिवारलाई आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज : सखुवा प्रसौनी गाउँपालिकाले आफ्नो गाउँपालिकामा कार्यरत मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ओभरसियर दिपेन्द्र गुरुङको परिवारलाई आर्थीक सहयोग गरेको छ । वीरगंज, श्रीपुर स्थित रहेको उनको घर मै पुगि गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले रु एक लाख सहयोग गरेका हुन ।

शुक्रबार साझ घर मै पुगि गुरुङकी श्रीमती सिला कुमारी गुरूङलाई गाउँपालिकाको तर्फबाट रु एक लाख बराबरको चेक हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले वताए । फागुन ३० गते मोटरसाइकल दुर्घटना परि उनको उपचारको क्रममा मृत्यु भएको थियो भने उपचार खर्च गाउँपालिकाका कर्मचारीहरु आफुहरुमा संकलन गरि तिरेका थिए ।

यस्तै गाउँपालिका अर्का कर्मचारी जगरनाथ मण्डल धानुकलाई पनि रु ५० हजार सहयो गरिएको प्रशासकीय अधिकृत यादवले वताए । केही दिन पहिला कार्यालय सहयोगि धानुककि श्रीमतीको ग्यास सिलिन्डर पड्केर मृत्यु भएको र उनको दुबै हाथ जलेकोले सहयोग गरिएको यादवले जानकारी गराए ।

यस्तै गाउँपालिकाले ३ महिना पहिला मृत्यु भएका वडा अध्यक्ष वृजमोहन यादवका परिवारलाई पनि सहयो गरेको छ । स्व. यादवको वडा नं. ५, बलुवा स्थित घर मै पुगि गाउँपालिकाको एक समुहले रु एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...