Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसौनी गाउँपालिकाद्वारा मृत्यु भएका ३ परिवारलाई आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज : सखुवा प्रसौनी गाउँपालिकाले आफ्नो गाउँपालिकामा कार्यरत मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ओभरसियर दिपेन्द्र गुरुङको परिवारलाई आर्थीक सहयोग गरेको छ । वीरगंज, श्रीपुर स्थित रहेको उनको घर मै पुगि गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले रु एक लाख सहयोग गरेका हुन ।

शुक्रबार साझ घर मै पुगि गुरुङकी श्रीमती सिला कुमारी गुरूङलाई गाउँपालिकाको तर्फबाट रु एक लाख बराबरको चेक हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले वताए । फागुन ३० गते मोटरसाइकल दुर्घटना परि उनको उपचारको क्रममा मृत्यु भएको थियो भने उपचार खर्च गाउँपालिकाका कर्मचारीहरु आफुहरुमा संकलन गरि तिरेका थिए ।

यस्तै गाउँपालिका अर्का कर्मचारी जगरनाथ मण्डल धानुकलाई पनि रु ५० हजार सहयो गरिएको प्रशासकीय अधिकृत यादवले वताए । केही दिन पहिला कार्यालय सहयोगि धानुककि श्रीमतीको ग्यास सिलिन्डर पड्केर मृत्यु भएको र उनको दुबै हाथ जलेकोले सहयोग गरिएको यादवले जानकारी गराए ।

यस्तै गाउँपालिकाले ३ महिना पहिला मृत्यु भएका वडा अध्यक्ष वृजमोहन यादवका परिवारलाई पनि सहयो गरेको छ । स्व. यादवको वडा नं. ५, बलुवा स्थित घर मै पुगि गाउँपालिकाको एक समुहले रु एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...