Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

प्रदेश-२ मा एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, १५ चैत ।

- Advertisement -

लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो।

चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो।

विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर काम समेत सुरु भएपछि पुन सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएपछि मन्त्रालयले शुक्रबार ७७ जिल्लाकै परीक्षा केन्द्रको प्रश्नपत्र रुजु गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको थियो।

साथै प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत् केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धान गर्न शुक्रबार नै निर्देशन दिएको थियो।

शुक्रबार जिल्ला सुरक्षा समितको प्रमुख, परीक्षा समन्वय समितिको प्रमुख लगायतका अधिकारी संलग्न टोलीले प्रश्नपत्र रुजु गर्ने क्रममा शनिबार हुन लागेको अनिवार्य स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको पुष्टि गरेको हो।

तीन वटा विषयको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले परीक्षा स्थगितका कारण विद्यार्थी तथा अभिभावकमा परेको असुविधाप्रति क्षमा याचना गरे।

प्रश्नपत्र बाहिर ल्याउने क्रममा सलग्नलाई आपराधिक क्रियाकलापको संज्ञा दिदै उनले भने, ‘त्यस्ता व्यक्तिलाई जसरी पनि कानुनी दायरामा ल्याउँछौं।’ अर्को परीक्षाको तालिका चैत महिनाभित्रमै सार्वजनिक गर्ने पोखरेलले बताए। प्रदेश-२ मा दुई सय ६२ वटा परीक्षा केन्द्र र ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन्।

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरेको थियो। यस पटक शनिबार पनि परीक्षा सञ्चालन गर्ने तालिका बोर्डले यसअघि नै सार्वजनिक गरेको थियो। अन्य प्रदेशमा भने तालिका अनुसार नै परीक्षा सुचारु हुने बोर्डले जनाएको छ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...