Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रदेश-२ मा एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

spot_img
spot_img

काठमाडौं, १५ चैत ।

लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो।

चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो।

विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर काम समेत सुरु भएपछि पुन सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएपछि मन्त्रालयले शुक्रबार ७७ जिल्लाकै परीक्षा केन्द्रको प्रश्नपत्र रुजु गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको थियो।

साथै प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत् केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धान गर्न शुक्रबार नै निर्देशन दिएको थियो।

शुक्रबार जिल्ला सुरक्षा समितको प्रमुख, परीक्षा समन्वय समितिको प्रमुख लगायतका अधिकारी संलग्न टोलीले प्रश्नपत्र रुजु गर्ने क्रममा शनिबार हुन लागेको अनिवार्य स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको पुष्टि गरेको हो।

तीन वटा विषयको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले परीक्षा स्थगितका कारण विद्यार्थी तथा अभिभावकमा परेको असुविधाप्रति क्षमा याचना गरे।

प्रश्नपत्र बाहिर ल्याउने क्रममा सलग्नलाई आपराधिक क्रियाकलापको संज्ञा दिदै उनले भने, ‘त्यस्ता व्यक्तिलाई जसरी पनि कानुनी दायरामा ल्याउँछौं।’ अर्को परीक्षाको तालिका चैत महिनाभित्रमै सार्वजनिक गर्ने पोखरेलले बताए। प्रदेश-२ मा दुई सय ६२ वटा परीक्षा केन्द्र र ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन्।

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरेको थियो। यस पटक शनिबार पनि परीक्षा सञ्चालन गर्ने तालिका बोर्डले यसअघि नै सार्वजनिक गरेको थियो। अन्य प्रदेशमा भने तालिका अनुसार नै परीक्षा सुचारु हुने बोर्डले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...