Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

स्वार्थको कारण पर्सा जिल्लाको विकास नभइ पछि परेको – सांसद यादव

spot_img
spot_img

वीरगंज,४ चैत÷
संघिय प्रेस फोरम पर्साले रेडियो वीरगंज परिसरमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेलको सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले होली पर्व आपसी मित्रता र सदभावको पर्व भएको बताउदै होली उल्लासमय रुपमा मनाउनु पर्ने कुरामा जोड दिए । उनले देशमा लोकतन्त्र,गणतन्त्र आइसकेकोले विकासले गति लिइसकेको चर्चा गदैे साथै,वर्तमान सरकारका केही ठुला भनाउदा मन्त्रीहरुको स्वार्थको कारण विकासको बाधक पनि बनिरहेको औल्याए ।उनले भने,पर्सामा केही यस्ता नेता तथा पुर्व मन्त्रीहरु छन्,तिनीहरुकै स्वार्थको कारण पर्सा जिल्लाको विकासनभइ पछि परेको छ ।जिल्लाको विकासको लागि स्थानीय प्रशासनले ठेकेदारहरुलाई बसाई कडा निर्देशन दिएकोले अबको केही वर्षमै सडक तथा नाला एव भौतिक पूर्वाधारको संरचनाले गति लिने बताए ।उनले नारायणी अस्पताल अब राष्ट्रिय अस्पतालको दर्जा पाइसकेको र भौतिक पूर्वाधार विकासको लागि छिटै टेण्डरबाट काम शुरु हुने पनि विश्वास व्यक्त गर्दै नारायणी रंगशालाको सवालमा प्रदेश सरकार रसंघीय सरकारसंग समन्वय गरी राष्ट्रिय स्तरको खेलकुद मैदान बनाउन आफु ततपर रहेको बताए ।विकास गर्न भोटको समयमा विभिन्न पार्टी र दल भएपछि अहिलेको समय सबै मिलेर विकास गर्न तर्फ उन्मुख हुने कुरामा उनको जोड थियो ।विकासको काममा पत्रकारले सदैव सहयोग गर्दै आएकोले प्रदेश २ को नेपाल पत्रकार महासंघ र जिल्ला अन्तर्गतको सबै पत्रकारसंग आफु हमेशा हातोमालो गरी अघि बढने बताए ।पत्रकारहरुको क्षमता अधिवृद्धिलगायतको तालिम गोष्ठिको पनि व्यवस्थापन गर्ने जनाए । प्रेस फोरमका सल्लाहकार ध्रुव साहले उपस्थित प्रहरी प्रशासनका प्रमुखहरु, जनप्रतिनिधि तथा संचारकर्मीहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, करिमा वेगम, जन्नत अन्सारी, वीरगंज महानगरका मेयर विजयकुमार सरावगी,पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ, बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, प्रहरी उपरिक्षक रेवति ढकाल, शसस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज साह, अनुसन्धान निर्देशक कुमार खडका, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, पर्सा जिल्ला स्थित प्रहरी प्रशासनका अधिकृतहरु लगायत पर्सेली सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण हेमन्त तामाङ्गले गरेका थिए

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...