Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

विभेद रहित समाज निर्माणका लागि परेको – मन्त्री सोनल

spot_img
spot_img

वीरगंज,०४ चैत ।
प्रदेश २ का भौतिक पूर्वधार तथा योजना मन्त्री जितेन्द्र सोनलले न्याय संगत, विभेद रहित समाज निर्माणका लागि परेको बताएका छन् । उनले राजपाकै नेतृत्वमा मधेस जनजाति, दलित, मुस्लिम समाजको पहिचान, स्वाभिमानको ग्यारेन्टी गर्ने दावी गरे ।
परवानीपुर गाउँपालिका वडा नं ५ सानो गण्डक चोकमा आयोजित होली मिलन कार्यक्रममा उनले राजनीतिक वर्चश्व बनाउनुपर्नेमा जोड दिए । ‘प्रदेश नं २ मा राजपाको थोरै वर्चश्व बन्दा विकासको लहर आईसकेका छ, अहिले तीन वटा गाउँपालिका, जिल्ला समन्वय समिति, दुई वटा उप प्रमुख जितेको छ । अबका चुनावमा जिल्ला जितेर सिकेन्दर बन्नुपर्छ ।’ उनले भने ।
असत्य माथि सत्यको विजय उत्सव होली पर्वको धार्मिक, ऐतिहासिक पौराणिक महत्व रहेको बताउँदै उनले होली पर्वले सामाजिक सद्भाव कायम गरेको बताए । ‘हिन्दु होस वा मुस्लिम, को विरामी को चिकित्सक, को डाई भर को प्यासेन्जर सबैले हाली पर्व मनाउँछन्, आपसी मतभेदलाई सिर्सिया र वंगरी नदीमा बगाउनुपर्छ, सबै मिलेर होली मनाउनुपर्छ । ’ सोनलले अगाडी भने ‘ पार्टीलाई बलियो बनाउनुपर्छ ।’

परवानीपुर गाउँपालिका वडा नं ५ सानो गण्डक चोकमा आयोजित होली मिलन कार्यक्रममा बोल्दै जिल्ला समान्वय समितीका सभापति नवल किशोर सिंह

कार्यक्रममा बोल्दै जिल्ला समान्वय समितीका सभापति नवल किशोर सिंहले होली अवसरमा पार्टीमा आवद्ध सबैले आफूमा भएका कमी कमजोरी होलीका दहनका दिन हटाएर एक ढिक्का हुन आग्रह गरे ।
बाराको रा.ज.पा नेपाल क्षेत्रिय कार्य समिति क्षेत्र नं ४ अध्यक्ष सिताराम प्रसाद गुप्ताको सभापतित्वमा आयोजित होली मिलन समारोहमा राजपाका दलित नेता भगवान दास,अध्यक्ष मण्डलका संयोजक मनोज चौरसीया,उधोग वाणिज्य संघ बाराका सचिव जय प्रकाश साह लगायतले होली पर्वको शुभकामना दिएका थिए । बारा जिल्ला क्षेत्र नं ४ मा राजपाको तर्फ वाट स्थानीयतह जन्प्रतिनिधी,शिक्षक र स्थानीय बुधिजिवीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...