Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

विभेद रहित समाज निर्माणका लागि परेको – मन्त्री सोनल

spot_img
spot_img

वीरगंज,०४ चैत ।
प्रदेश २ का भौतिक पूर्वधार तथा योजना मन्त्री जितेन्द्र सोनलले न्याय संगत, विभेद रहित समाज निर्माणका लागि परेको बताएका छन् । उनले राजपाकै नेतृत्वमा मधेस जनजाति, दलित, मुस्लिम समाजको पहिचान, स्वाभिमानको ग्यारेन्टी गर्ने दावी गरे ।
परवानीपुर गाउँपालिका वडा नं ५ सानो गण्डक चोकमा आयोजित होली मिलन कार्यक्रममा उनले राजनीतिक वर्चश्व बनाउनुपर्नेमा जोड दिए । ‘प्रदेश नं २ मा राजपाको थोरै वर्चश्व बन्दा विकासको लहर आईसकेका छ, अहिले तीन वटा गाउँपालिका, जिल्ला समन्वय समिति, दुई वटा उप प्रमुख जितेको छ । अबका चुनावमा जिल्ला जितेर सिकेन्दर बन्नुपर्छ ।’ उनले भने ।
असत्य माथि सत्यको विजय उत्सव होली पर्वको धार्मिक, ऐतिहासिक पौराणिक महत्व रहेको बताउँदै उनले होली पर्वले सामाजिक सद्भाव कायम गरेको बताए । ‘हिन्दु होस वा मुस्लिम, को विरामी को चिकित्सक, को डाई भर को प्यासेन्जर सबैले हाली पर्व मनाउँछन्, आपसी मतभेदलाई सिर्सिया र वंगरी नदीमा बगाउनुपर्छ, सबै मिलेर होली मनाउनुपर्छ । ’ सोनलले अगाडी भने ‘ पार्टीलाई बलियो बनाउनुपर्छ ।’

परवानीपुर गाउँपालिका वडा नं ५ सानो गण्डक चोकमा आयोजित होली मिलन कार्यक्रममा बोल्दै जिल्ला समान्वय समितीका सभापति नवल किशोर सिंह

कार्यक्रममा बोल्दै जिल्ला समान्वय समितीका सभापति नवल किशोर सिंहले होली अवसरमा पार्टीमा आवद्ध सबैले आफूमा भएका कमी कमजोरी होलीका दहनका दिन हटाएर एक ढिक्का हुन आग्रह गरे ।
बाराको रा.ज.पा नेपाल क्षेत्रिय कार्य समिति क्षेत्र नं ४ अध्यक्ष सिताराम प्रसाद गुप्ताको सभापतित्वमा आयोजित होली मिलन समारोहमा राजपाका दलित नेता भगवान दास,अध्यक्ष मण्डलका संयोजक मनोज चौरसीया,उधोग वाणिज्य संघ बाराका सचिव जय प्रकाश साह लगायतले होली पर्वको शुभकामना दिएका थिए । बारा जिल्ला क्षेत्र नं ४ मा राजपाको तर्फ वाट स्थानीयतह जन्प्रतिनिधी,शिक्षक र स्थानीय बुधिजिवीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...