Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

छिपहरमाई गाउँपालिकामा आगलागी, १३ घर जलेर नष्ट

spot_img
spot_img

वीरगञ्ज, ४ चैत ।
पर्साको  छिपहरमाई गाउँपालिकाको वडा नं. २, टिहुकीमा आगलागी भएको छ । आज दिउसो २ ः३० बजे भएको आगलागीमा परी १३ वटा घर पूण रुपले जलेर नष्ट भएको छ ।

आगलागीमा साउ मियाँ, मनिर मियाँ, हसमुदिन मियाँ धुनिया, नयीम मियाँ धुनिया, कइम मियाँ धुनिया, भोला पासवान, रामशरण पासवान, शिवरण पासवान, सहिम मियाँ धुनिया, मुकेश कुमार पासवान, लालबाबु पासवान, देव सरण पासवान र रामु पासवानको फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आलगागीले कुनै मानविय क्षति नभए पनि घरमा रहेको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी टिहुकी प्रहरी सहायक निरिक्षक मनोज ठाकुरले वताए । आगलगीले करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा बालिएको खरानीबाट आगो सल्की भएको आगलागी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाबाट पुगेको दमकलको सहयोमा नियन्त्रणमा आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...