Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

लागु औषध ओनेरेक्स र भन्सार छलिको सामान सहित २ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज, १ चैत ।
पर्सा प्रहरीले लागु औषध ओनेरेक्स सहित एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा, वीरगन्जबाट खटिएको प्रहरीले टोलीले वीरगन्ज महानगरपालिकाको वडा नं. १६, रजतजयन्ती चोक स्थितबाट मकवानपुरको रक्सीराङ्ग गउँपालिका वडा नं. ४ बस्ने बर्ष २५ का प्रदिप लामालाई पक्राउ गरेको हो ।

भारतको रक्सौल तर्फबाट नेपालको वीरगन्ज तर्फ ना २८ प ५४०३ नम्बरको स्कुटरमा आउदै गरेका लामालाई ओनेरेक्सको ६४ बोतल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक आन्नत राज शर्माले वताए । स्कुटरको डिकीमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा बिहिबार दिउसो साढे ३ बजेको करिब लामालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले जानकारी गराए ।

सवारी साधन तथा पैदल यात्रीको समेत चेकजाँच गर्ने क्रममा लामा सवार स्कुटीमा लागु औषध ओनेरेक्स फेला परे पछि स्कुटर र निजलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै भन्सार छलि नेपाल भित्र्याउँदै गरेको सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं. २, छपकैया बस्ने बर्ष ३० का मुकेश रामलाई पक्राउ गरेको हो ।

भन्सार छली नेपाल भित्र्याउदै गरेको लोकल पापड २२५ के.जी., ग्यास पाईप ४ रोल र साइकल २ थान सहित रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहिबार दिउसो ३ बजे वीरगन्ज २, छपकैया स्थितबाट भन्सार छलिको सामान सहित पक्राउ गरिएको प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...