Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

शारीरिक सम्पर्कका लागि दबाब दिएको आरोपमा उप मेयरका श्रीमान पक्राउ

spot_img
spot_img

बारा । एक महिलालाइ फोनबाट अश्लील शव्द प्रयोग गरि शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा एक जनालाई प्रहरीले निजगढबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी बस्ने ३९ बर्षिय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुश्वाहा सिम्रौनगढ नगरपालिकाकि उपमेयर रिना कुशवाहाको श्रीमान रहेको प्रहरीको भनाइ छ ।

कुशवाहालाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सुचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनाइ छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघि देखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

निजगढस्थित गुरुङ होटेलबाट साझ ५:३० बजे प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...