Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

नारायणी उपक्षेत्रीय अस्पतालको वोर्ड फेरी टर्सरी अस्पतालको रुपामा अघि बढेयो

spot_img
spot_img

वीरगंज,२९ फागुन ।
वीरगंज महानगरपालिका रहेको नारायणी उपक्षेत्रीय अस्पतालको वोर्ड फेरी टर्सरी अस्पतालको रुपामा अघि बढेको छ ।
स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती भएको छ ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादवले अस्पतालमा नयाँ बोर्डको उद्घाटन गदैं भने अस्पताललाई मेडिकल कलेज बनाउन पहल भइरहेको जानकारी दिए ।
संघ सरकारको रकमबाटै अस्पतालको भवन निर्माणको काम सुरु गर्न लागिएको तथा तीन दिनदेखि नारायणी अस्पतालको भवन निर्माण हुने ठाउँको माटो परीक्षण इन्जिनियरहरुले गरि रहेको सदस्य यादवले बताउनु भयो ।
नारायणी उपक्षेत्रीय अस्पतालले दिदै आएको सेवा टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने प्रयाप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग नरहेको जानकारी दिए ।
अस्पतालमा ३४ जना चिकित्सक कार्यरत भए पनि हाल नाक कान घाँटी विभाग छ तर चिकित्सक नहुँदा सञ्चालनमा आउन सकेको जानकारी दिए ।
‘स्तरोन्नतीपछि अब अस्पतालमा धमाधम पूर्वाधार निर्माणको काम सुरु हुने अस्पतालमा अझै जनशक्ति आवश्यक रहेको मेडिकल सुपरीटेन्डेन्ट डा. एनामुल हकले जानकारी दिए । अस्पतालमा कम्तिमा न्युरो, नेप्रोलोजी, प्लाष्टिक एण्ड वर्न सर्जरी, कार्डियो फोरेसिभ एण्ड भेस्कुलर सर्जरी लगायतका सुविधा दिन सक्नुपर्छ उनले जानकारी ।’
नेपाल सरकारको मन्त्री परिषदको मिति २०७५ पुष १६ गते बसेको बैठकले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, कोशी अञ्चल अस्पताल विराटनगर, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
नागरिकको आधारभूत स्वास्थ्य सेवाका साथै विशेषज्ञ सेवाहरुको सहज पहुँचका लागि ती अस्पतालहरुलाई संघीय सरकार अन्र्तगत राखी व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाँच वटै अस्पतालहरुको मापदण्डमा एकरुपता गर्दै जनशक्ति तथा स्रोत व्यवस्थापन, पूर्वाधार विकासमा ध्यान दिने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जग्गा सिफारिसका लागि प्रशासनले समन्वय गरिरहेको जानकारी दिए । अस्पतालको व्यवस्थपकीय र भौतिक पूर्वाधारमा सुधारका लागि पहल भइरहेको उनको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...