Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

नारायणी उपक्षेत्रीय अस्पतालको वोर्ड फेरी टर्सरी अस्पतालको रुपामा अघि बढेयो

वीरगंज,२९ फागुन ।
वीरगंज महानगरपालिका रहेको नारायणी उपक्षेत्रीय अस्पतालको वोर्ड फेरी टर्सरी अस्पतालको रुपामा अघि बढेको छ ।
स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती भएको छ ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादवले अस्पतालमा नयाँ बोर्डको उद्घाटन गदैं भने अस्पताललाई मेडिकल कलेज बनाउन पहल भइरहेको जानकारी दिए ।
संघ सरकारको रकमबाटै अस्पतालको भवन निर्माणको काम सुरु गर्न लागिएको तथा तीन दिनदेखि नारायणी अस्पतालको भवन निर्माण हुने ठाउँको माटो परीक्षण इन्जिनियरहरुले गरि रहेको सदस्य यादवले बताउनु भयो ।
नारायणी उपक्षेत्रीय अस्पतालले दिदै आएको सेवा टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने प्रयाप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग नरहेको जानकारी दिए ।
अस्पतालमा ३४ जना चिकित्सक कार्यरत भए पनि हाल नाक कान घाँटी विभाग छ तर चिकित्सक नहुँदा सञ्चालनमा आउन सकेको जानकारी दिए ।
‘स्तरोन्नतीपछि अब अस्पतालमा धमाधम पूर्वाधार निर्माणको काम सुरु हुने अस्पतालमा अझै जनशक्ति आवश्यक रहेको मेडिकल सुपरीटेन्डेन्ट डा. एनामुल हकले जानकारी दिए । अस्पतालमा कम्तिमा न्युरो, नेप्रोलोजी, प्लाष्टिक एण्ड वर्न सर्जरी, कार्डियो फोरेसिभ एण्ड भेस्कुलर सर्जरी लगायतका सुविधा दिन सक्नुपर्छ उनले जानकारी ।’
नेपाल सरकारको मन्त्री परिषदको मिति २०७५ पुष १६ गते बसेको बैठकले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, कोशी अञ्चल अस्पताल विराटनगर, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
नागरिकको आधारभूत स्वास्थ्य सेवाका साथै विशेषज्ञ सेवाहरुको सहज पहुँचका लागि ती अस्पतालहरुलाई संघीय सरकार अन्र्तगत राखी व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाँच वटै अस्पतालहरुको मापदण्डमा एकरुपता गर्दै जनशक्ति तथा स्रोत व्यवस्थापन, पूर्वाधार विकासमा ध्यान दिने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जग्गा सिफारिसका लागि प्रशासनले समन्वय गरिरहेको जानकारी दिए । अस्पतालको व्यवस्थपकीय र भौतिक पूर्वाधारमा सुधारका लागि पहल भइरहेको उनको भनाइ छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...