Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

उद्योगको गोदाममा छापा, किसान एग्रो केमिकल्स शिलबन्दी

spot_img
spot_img

वीरगंज,२८ फागुन ।
वीरगजको छपकैयामा रहेको किसान एग्रो केमिकल्स उद्योगको गोदाममा जिल्ला प्रशासन कार्यालय,पर्साले शिलबन्दी गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वाणिज्य कार्यालय पर्साका निमित्त प्रमुख ओमनारायण शर्मा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्जवल बहादुर बस्नेत, कर अधिकृत नेत्र प्रसाद घिमिरे र जल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँको टोलीले उद्योगको गोदाममा छापामारी गरेको हो ।
वीरगज महानगरपालिको वडा नं.४ छपकैयामा गोदाम भनिए पनि छापामारी गरेको क्रममा सबै काम सोहि ठाउँबाट हुने गरेको भेटिएको छ ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल उद्योगको गोदाममा छापामारी

नापतौलका प्रमाणपत्र फेला नपरेको,गोदामबाट समान बिक्री गर्ने गरिएको तर इजाजत नभएको, साईनबोर्ड नराखेको, तयारी बस्तु तथा म्याद नाघेका बस्तु एकै ठाउँमा राखिएको र गोदाममा रिप्याकिङ गर्ने गरेको पाइएको छापामारी टोलीले जानकारी दिएको छ ।
प्याकिङ गर्ने कोठा र गोदाममा छापामारी टोलीले शिलबन्दी गरी आवश्यक अनुसन्धान भइरहेको ताथ महानगरपालिका वडा नं २४ रामगढवामा किसान एग्रो केमिकल्स उद्योग सञ्चालनमा रहेको छ ।
किसान एग्रो केमिकल्सको गोदाममा अनियमितता भएको उजुरी आएकोले छापामारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत उज्वल बहादुर बस्नेतले बताउदै छापामारीका क्रममा केही त्रुटिहरु देखिएकोले आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
प्लान्ट क्वारेन्टाईन एवं विषादी व्यवस्थापन केन्द्र काठमाण्डुबाट अनुमति लिएर मात्रै यस्ता कार्यहरु गर्न पाईने भएता पनि अनुसन्धानका क्रममा सो नगरेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताए । किसान एग्रोले कृषि प्रायोजनका लागि आवश्यक पर्ने किटनासक विषादी, भिटामिन, जैविक मल उत्पादन गर्दै आएको श्यामकुमार तुल्स्यानले सञ्चालन जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...