वीरगंज,२८ फागुन ।
वीरगजको छपकैयामा रहेको किसान एग्रो केमिकल्स उद्योगको गोदाममा जिल्ला प्रशासन कार्यालय,पर्साले शिलबन्दी गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वाणिज्य कार्यालय पर्साका निमित्त प्रमुख ओमनारायण शर्मा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्जवल बहादुर बस्नेत, कर अधिकृत नेत्र प्रसाद घिमिरे र जल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँको टोलीले उद्योगको गोदाममा छापामारी गरेको हो ।
वीरगज महानगरपालिको वडा नं.४ छपकैयामा गोदाम भनिए पनि छापामारी गरेको क्रममा सबै काम सोहि ठाउँबाट हुने गरेको भेटिएको छ ।


नापतौलका प्रमाणपत्र फेला नपरेको,गोदामबाट समान बिक्री गर्ने गरिएको तर इजाजत नभएको, साईनबोर्ड नराखेको, तयारी बस्तु तथा म्याद नाघेका बस्तु एकै ठाउँमा राखिएको र गोदाममा रिप्याकिङ गर्ने गरेको पाइएको छापामारी टोलीले जानकारी दिएको छ ।
प्याकिङ गर्ने कोठा र गोदाममा छापामारी टोलीले शिलबन्दी गरी आवश्यक अनुसन्धान भइरहेको ताथ महानगरपालिका वडा नं २४ रामगढवामा किसान एग्रो केमिकल्स उद्योग सञ्चालनमा रहेको छ ।
किसान एग्रो केमिकल्सको गोदाममा अनियमितता भएको उजुरी आएकोले छापामारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत उज्वल बहादुर बस्नेतले बताउदै छापामारीका क्रममा केही त्रुटिहरु देखिएकोले आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
प्लान्ट क्वारेन्टाईन एवं विषादी व्यवस्थापन केन्द्र काठमाण्डुबाट अनुमति लिएर मात्रै यस्ता कार्यहरु गर्न पाईने भएता पनि अनुसन्धानका क्रममा सो नगरेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताए । किसान एग्रोले कृषि प्रायोजनका लागि आवश्यक पर्ने किटनासक विषादी, भिटामिन, जैविक मल उत्पादन गर्दै आएको श्यामकुमार तुल्स्यानले सञ्चालन जानकारी दिए ।