Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्साको जीराभवानीमा सामुहिक विष सेवन, एक किशोरीको मृत्यु

spot_img
spot_img
मेघराज राय/जीराभवानी । पर्साको जीराभवानी गाउँपालिकामा बिष सेवन गरि एक किशोरीको ज्यान गएको छ भने अर्का एक किशोर र किशोरी उपचार गराइरहेका छन् । गएराती ३ जना किशोर किशोरीहरुले सामुहिक बिष सेवन गरेका थिए।मृत्यु हुने किशोरी जिराभवानी गाउपालिका वडा नं ४ सढी निवासी राजू राउत थारुको १७ बर्षिय छोरी संगिता कुमारी रहेका इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।
बिष सेवन गरेकी संगितालाइ भारतिय बजारमा रहेका डा अनिल कुमारको क्लिनिकमा उपचार क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सामुहिक बिष सेवन गरेका सोही ठाउँकि १३बर्षिय किशोरी र जीराभवानी २ सेढवाका १९ बर्षिय संजय दास थारुको भारतीय सिमावर्ती बजार इनर्वामा उपचार भैरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार गएराती सुरेश दास सहित ५ जनाको समुहमा रहेका युवाहरु मृतक संगीता र अर्की किशोरीलाई भगाउन किशोरीहरुको गाउँ सढी पुगेका थिए ।
संजयले संगीता र अर्कि किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर भाग्न सफल भएपनि उनको साथमा गएका अन्य ४ जना युवाहरूलाई भने स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
स्थानियले पक्राउ परेका युवाहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीलाई बुझाएका थिए।प्रहरीले दिएको जानकारी अनुसार किशोरी लिएर भाग्न सफल सन्जय सहित ३ जनाले नै सामुहिक बिष सेवन गरि रातिको समयमा सेढ्वास्थित घर पुगेका थिए ।
बिहान स्थानीय भद्रभलाद्मीहरुले घटनालाई मिलापत्र गराउन ३ जनालाई भेला गराउने क्रममा ३ जनामा नै बिषको असर देखिएपछि तत्काल भारतीय सिमावर्ती शहर इनरवा लगिएको घटनाका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।प्रहरीले घटनाको बिस्तृत अनुसन्धान भैरहेको बताएको छ।यद्यपि प्रेम सम्बन्धका कारण घट्ना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...