Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

दिवाखाजा संचालन नगर्ने विद्यालयलाई कार्यवाहि गर्ने मेयर सरावगीको चेतावनी

spot_img
spot_img
वीरगंज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक विद्यालयहरुलाई यथासिघ्र दिवा खाजा शुरु गर्न निर्देशन दिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं ९ स्थित रेल्वे माविमा दिवा खाजा कार्यक्रम शुरु गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।
महानगरपालिकामा सञ्चालनमा रहेका कतिपय सामुदायिक विद्यालयले अझै दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छैनन् । जसका कारण वीरगञ्जका बालबालिका खाजा सेवाबाट वञ्चित भईरहेका छन् । त्यसप्रति चिन्ता व्यक्त गर्दै महानगर प्रमुख सरावगीले दिवा खाजा कार्यक्रम यथासिघ्र शुरु गर्न निर्देशन दिनुभएको हो ।
उहाँले खाजा कार्यक्रम शुरु नगर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिनुभयो । ‘कतिपय विद्यालयले खाजा कार्यक्रम शुरु नगरेको जानकारी मैले पाएको छु । भर्ना कार्यक्रमबाट ल्याईएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाएर राख्न दिवा खाजा कार्यक्रम ल्याईएको हो ।’ उनले भने ‘दिवा खाजा शुरु नगर्ने विद्यालयलाई कारबाही हुन्छ ।’
बालबालिकालाई विद्यालयमा आर्कषित गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको दिवा खाजा शिक्षक प्रतिनीधि दिनानाथ रौनियारले बताए ।
त्यसैगरि विद्यालयमा सञ्चालनमा आएको पुस्तकालयको पनि नगर प्रमुख सरावगीले उद्घाटन गर्नुभएको रेल्वे माविका प्रधानाध्यापक दिनेश प्रसाद चौरसियाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष मनोज गुप्ता, वडा सदस्य दिलमायादेवी, राधादेवि तिवारी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य वृजमोहन तिवारी, शिक्षिका प्रेक्षा श्रेष्ठ यादव लगायतको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...