Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

दिवाखाजा संचालन नगर्ने विद्यालयलाई कार्यवाहि गर्ने मेयर सरावगीको चेतावनी

spot_img
spot_img
वीरगंज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक विद्यालयहरुलाई यथासिघ्र दिवा खाजा शुरु गर्न निर्देशन दिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं ९ स्थित रेल्वे माविमा दिवा खाजा कार्यक्रम शुरु गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।
महानगरपालिकामा सञ्चालनमा रहेका कतिपय सामुदायिक विद्यालयले अझै दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छैनन् । जसका कारण वीरगञ्जका बालबालिका खाजा सेवाबाट वञ्चित भईरहेका छन् । त्यसप्रति चिन्ता व्यक्त गर्दै महानगर प्रमुख सरावगीले दिवा खाजा कार्यक्रम यथासिघ्र शुरु गर्न निर्देशन दिनुभएको हो ।
उहाँले खाजा कार्यक्रम शुरु नगर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिनुभयो । ‘कतिपय विद्यालयले खाजा कार्यक्रम शुरु नगरेको जानकारी मैले पाएको छु । भर्ना कार्यक्रमबाट ल्याईएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाएर राख्न दिवा खाजा कार्यक्रम ल्याईएको हो ।’ उनले भने ‘दिवा खाजा शुरु नगर्ने विद्यालयलाई कारबाही हुन्छ ।’
बालबालिकालाई विद्यालयमा आर्कषित गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको दिवा खाजा शिक्षक प्रतिनीधि दिनानाथ रौनियारले बताए ।
त्यसैगरि विद्यालयमा सञ्चालनमा आएको पुस्तकालयको पनि नगर प्रमुख सरावगीले उद्घाटन गर्नुभएको रेल्वे माविका प्रधानाध्यापक दिनेश प्रसाद चौरसियाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष मनोज गुप्ता, वडा सदस्य दिलमायादेवी, राधादेवि तिवारी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य वृजमोहन तिवारी, शिक्षिका प्रेक्षा श्रेष्ठ यादव लगायतको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनोबाट पक्राउ गा पा अध्यक्ष यादवसहित आठै जनालाई, ४ दिनको म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...