Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

जनता आवास कार्यक्रम विपन्न र दलित जातिलाई पहिलो प्राथमिकता दिने – मन्त्री सोनल

spot_img
spot_img

वीरगज,२७ फागुन ।
प्रदेश नं. २ का सरकारले दलित समुदायका लागी जनता आवास कार्यक्रम अंतरर्गत दलित समुदाय भित्रका चार जातियलाई प्राथमिकता दिने जानकारी दिएका छन् ।आर्थिक रुपमा विपन्न र दलित समुदायका मुसहर, डोम, चमार र हलखोर जातिलाई पहिलो प्राथमिकता दिने जानकारी दिएका छ ।
वीरगंजमा सोमबार जनता आवास कार्यक्रमको कार्यालय उद्घाटन गर्दै प्रदेश नं.२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले दलित समुदायका मुसहर, डोम, चमार र हलखोर जातिलाई पहिलो प्राथमिकता दिएको बताए ।
मधेसका दलित समुदायमा पनि यी चार जाति आर्थिक र सामाजिक रुपले सबै भन्दा पछाडि रहेका कारण पहिलो प्राथमिकता दिइएको र यी जाति प्रदेश २ का महादलित, महाविपन्न र भूमिहीन समुदाय रहेको मन्त्री सोनलले जानकारी दिए।
चार जाति मध्ये अधिकांशको आफ्नो नामको लालपूर्जासमेत नभएकोे र ऐलानी जग्गामा गुजारा गरिरहेका कारण उनीहरूलाई भोगचलन गरिरहेको जग्गाको भोगाधिकार प्रमाणपत्र वितरण गर्न प्रदेश स्थानीय तहलाइ निर्देशन दिइसकिएको सोनलले बताए ।’
दोस्रो चरणमा चमार, पासवान, दुसाद जातिका साथै एकल महिला र सहिद परिवारका लागि पक्की घर बनाइने जानकारी दिदै यसअघि संघीय सरकार मातहतमा रहेको जनता आवास कार्यक्रममा कर्मचारीको लापरवाही, राजनीतिक हस्क्षेप लगायतले ढिलासुस्ती भएपनि अब प्रदेश सरकारको मातहतमा आइसकेकाले समस्या नदोहोरिनेमन्त्री सोनलले बताए।
जनता आवास कार्यक्रम आर्थिक वर्ष २०६७ र ०६८ देखि विपन्न तथा दलित समुदायका लागि पक्की घर बनाउन सरकारले लागू भएको थियो सो कार्यक्रम यस वर्ष प्रदेश सरकार मातहतमा आएपछि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका ८ वटै जिल्लामा जिल्लास्तरीय समिति गठन गरी काम अगाडि बढाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...