वीरगंज,२५,फागुन ।
बारा जिल्लाको बरियारपुरबाट वीरगंजका उधोगी सुरेश केडियाको अपहरणमा प्रहरीको संलग्नतामा अपहरण भएको खुलासा छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि अपहरणमा संलग्न भनिएका मुख्य योजनाकार भारत शहर विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगरपरिषद १७ का बब्लु पासवान पक्राउ गरी प्रहरीको संलग्नतामा अपहरण भएको खुल्नआएको छ ।
अपहरणलाई सफल बनाउन प्रहरीलाई भारतिय १८ लाख रुपैयाँ (नेपाली ३० लाख रुपैयाँ) बुझाएका पत्रकार सम्मेलनमा अपहरणका मुख्य योजनाकार बब्लु पासवानले बताएका छन् । केडियाको अपहरणमा नेपालका तर्फबाट चंचल पाण्डे, विरेन्द्र राय लगायत ४ जनाको सहयोगमा अपहरण गरिएको खुलासा गदैं पत्रकार सम्मेलनमा पासवानले बब्लु दुवेले फिरौति वापतको १० करोडको बाडफाड नगरेकाले दुवेको हत्या गरिएको बताए ।
बाराको महागढीमाई नगरपालिका १ स्थित पसाहा पुलबाट भारतीय नम्बरको स्कारपियो लिएका ६ जना हतियारधारी समूहले २०७३ जेष्ठ १३ गते बा १० प ७२४० नम्बरको आफ्नौ गाडीमा वीरगंज आउने क्रम्मा उधोगी सुरेश केडियाका चालक पर्सा बिन्दबासिनीका श्याम साहलाई गोलि हानी अपहरण गरेका थिए ।
पक्राऊ परेका बब्लु पासवान केडिया अपहरणमा मुख्य योजनाकार थिए भने विजय महतो कुशवाहा अपहरण पश्चात गाडी चालाई भारतीय बोर्डर सम्म पु¥याएका थिए । दुबैलाई शुक्रबार पर्सा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाको नेपाल भारतको सिमानाबाट पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।
प्रहरीको संलग्नतामा केडिया अपहरण भएको खुलासा
