Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

प्रहरीको संलग्नतामा केडिया अपहरण भएको खुलासा

spot_img
spot_img

वीरगंज,२५,फागुन ।
बारा जिल्लाको बरियारपुरबाट वीरगंजका उधोगी सुरेश केडियाको अपहरणमा प्रहरीको संलग्नतामा अपहरण भएको खुलासा छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि अपहरणमा संलग्न भनिएका मुख्य योजनाकार भारत शहर विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगरपरिषद १७ का बब्लु पासवान पक्राउ गरी प्रहरीको संलग्नतामा अपहरण भएको खुल्नआएको छ ।
अपहरणलाई सफल बनाउन प्रहरीलाई भारतिय १८ लाख रुपैयाँ (नेपाली ३० लाख रुपैयाँ) बुझाएका पत्रकार सम्मेलनमा अपहरणका मुख्य योजनाकार बब्लु पासवानले बताएका छन् । केडियाको अपहरणमा नेपालका तर्फबाट चंचल पाण्डे, विरेन्द्र राय लगायत ४ जनाको सहयोगमा अपहरण गरिएको खुलासा गदैं पत्रकार सम्मेलनमा पासवानले बब्लु दुवेले फिरौति वापतको १० करोडको बाडफाड नगरेकाले दुवेको हत्या गरिएको बताए ।
बाराको महागढीमाई नगरपालिका १ स्थित पसाहा पुलबाट भारतीय नम्बरको स्कारपियो लिएका ६ जना हतियारधारी समूहले २०७३ जेष्ठ १३ गते बा १० प ७२४० नम्बरको आफ्नौ गाडीमा वीरगंज आउने क्रम्मा उधोगी सुरेश केडियाका चालक पर्सा बिन्दबासिनीका श्याम साहलाई गोलि हानी अपहरण गरेका थिए ।
पक्राऊ परेका बब्लु पासवान केडिया अपहरणमा मुख्य योजनाकार थिए भने विजय महतो कुशवाहा अपहरण पश्चात गाडी चालाई भारतीय बोर्डर सम्म पु¥याएका थिए । दुबैलाई शुक्रबार पर्सा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाको नेपाल भारतको सिमानाबाट पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...