Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

वीरगंजमा भारतियहरुद्वारा दिनदहाडै एक घरमा कुटपिट र आगजनी, न्यायको खोजीमा पिडित

spot_img
spot_img

वीरगंज, २४ फागुन ।
भारतिय एक समुहले दिनदहाडै वीरगञ्जको एउटा घरमा तोडफोड गर्दै आगजनी समेत गरेका छन । तर तोडफोड र आगजनी गर्नेहरुको विरुद्धमा प्रहरीले जाहेरी लिन नमानेको पिडित पक्षले आरोप लगाएका छन । फागुन १९ गते भारतिय बि.आर. २२ पि. ९५५६ नम्बरको स्कार्पियो गाडीमा ५ जनाको समुहमा आएको भारतिहरुले घरमा भएका व्यक्तिहरुलाई कुटपिट, लछारपछार गर्दै तोडफोड गर्नुको साथै आगजनी समेत गरेको पिडित वीरगंज महानगरपालिका वडा नं. १६, मिथिला टोल निवासी अनिता बर्णवाले वताइन ।

उनका अनुसार भारत पश्चिमी चम्पारण वेतिया निवासी पवन बर्णवाल, तनया बर्णवाल, मोनु बर्णवाल, मोना बर्णवाल र स्थानिय प्रमोद बर्णवालले विहान ८ बजे घरमा पुगी आक्रमण गरेका थिए । तिनीहरुले नगद रु ७२ हजार सहित सुनको सिक्री, टप भएको मेरो बैज्ञ पनि लुटेर लगेको उनले वताइन । उनी पत्रकार सम्मेलन गर्दै घरमा भएको वासिङ्ग मेशिन, सिलाई मेशिन, कुर्सी, पलंग ओछयान र घरको वायरिङ्ग समेत जलाएको वताइन ।

उनका अनुसार घरमा लागेको आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा निभाईएको थियो । घटनामा संलग्न ३ जना प्रहरी हिरासतमा पनि रहेका छन । आक्रमण गर्ने मध्यका पवन, तनया र मोनुलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति कशुर मुद्दामा कर्वाही अगाडी बढाएको प्रहरीले जनाएको छ । अनौठो कुरा त यो रहेछ आखिर को थियो तिनीहरु, जसले छिमेकी मुलुकबाट आएर नेपालमा प्रबेश गरी दिनदहाडै आक्रमण गर्न हिमत गरे ।

७ बर्ष पहिला पिडितकी छोरा र भारत बेतियाकी केटी संग विहे भएको थियो । २०६९ सालमा उनका २८ बर्षिय छोरा राजेश कुमार र भारत पश्चमी चम्पारण बेतियाकी २५ बर्षिय मोना कुमारीको विहे भएको थियो । विहे पछि संगै बस्ने क्रममा तिनिहरुको सम्बन्ध धेरै दिन टिक्न सकेन । राजेश सहमती मै मोना संग सम्बन्ध विच्छेद गर्न खोजे पनि मोना मानिन्न ।

त्यस पछि २०७२/११/९ सालमा राजेशले सम्बन्ध विच्छेदको मुद्दा दिए । २ बर्ष पछि २०७४/०२/०९ गते पर्सा जिल्ला अदालतले मुद्दा फैसला गर्दै सम्बन्ध पनि विच्छेद गरे । सम्बन्ध विच्छेदको करिब २ बर्ष पछि राजेशले २०७५/१०/२५ गते अक्रो विहे पनि गरे । राजेशले अक्रो विहे गरेका भारत उपी मधुवनकी तानिया बर्णवाल संग बस्दै आएको छ । तर एकासी राजेशले अक्रो विहे गरेको मोनाको परिवारलाई थाह भए पछि मोना आफ्नो भाईहरुको साथमा वीरगञ्ज पुगेकी रहेकी छिन ।

उनको साथमा उनको ३ जना भाई र स्थानिय एक जना गरी ५ जना घरमा पुगी घरमा भएका राजेशका बुवा मोहन प्रसाद बर्णवाल, आमा अनितालाई कुटपिट, लछारपछार, तोडफोड गर्दै आगजनी समेत गरेका रहेका छन । त्यसको भोली पल्ट फागुन २० गते जिल्ला प्रहरी कार्यालय, पर्साका जाहेरी लिएर जादा छोरा राजेशलाई प्रहरीले नियन्त्रणमा लिई बहुविवाह मुद्दा चलाएको बुवा मोहनले वताए । छोरा राजेश र आक्रमण गर्ने मोनाका ३ जना भाई अहिले प्रहरी हिरासतमा रहेका छन ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्ष आनन्त शर्मा संग बुझदा प्रहरी नियम सम्बन्ध नै कानुनी कर्वाही अगाडी बढाएको वताए । राजेशकी श्रीमतीले उच्च अदालतमा पुनः मुद्दा दिएकी र मुद्दा विचारीधिन अवस्थामा रहेकोले बहुविवाह मुद्दा चलाईएको वताए । राजेशको घरमा भएको आक्रमणको सम्बन्धमा तिन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र पिडित जाहेरी नै दिन्न नआएको वताए ।

पिडितले जाहरी नदिए पछि प्रहरीले सार्वजनिक कसुर मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाएको वताए । तर पिडित पक्षले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनप्रतिनिधि कै दबावमा आएर प्रहरी जाहेरी नलिएको र नियम विपरित बहुविवाहको मुद्दा दर्ता गरी दुःख दिने काम गरेको आरोप लगाएका छन । हामीले न्याय पाउनु पर्ने उनिहरुको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...