प्रणय साह
वीरगंज,२१,फागुन ।
वीरगजमा आईतबार देखि अश्वमेध गायत्री महायज्ञ विधिवत रुपमा शुरु भएको छ । अश्वमेध गायत्री महायज्ञको अवसर पारेर पवित्र महायज्ञ वीरगंज स्थिता आर्दशनगर क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘वीरगंजका तिन हस्पीटलहरुको सम्य छुटयाईको स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
आइतबार बिहानै देखि सञ्चालन गरिएको सो शिविरमा आज मंगलवारसम्म हजारै भक्तजनले स्वास्थ्य सेवा लिएका वीरगंज हेल्थ केयरका डा.रमेश यादवले जानकारी दिए। शिविर बुधवार साँझसम्म चल्ने बताइएको छ ।
शिविरमा विभिन्न अस्पतालका चिकित्सकले बिरामी भक्तजनको उपचार गरिरहेका छन्। अश्वमेध गायत्री महायज्ञमा पूजाआजा गर्न आएका भक्तजनमा टाउको दुख्ने, रक्तचाप उच्च तथा न्यूनलगायत स्वास्थ्य समस्या देखिएको डा.रमेश यादवले जनाएका छन्।
बिरामी अवस्थाका भक्तजनलाई निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा खटिएका चिकित्सकले भक्तजनलाई स्वास्थ्य सेवा दिएका थिए ।
अश्वमेध गायत्री महायज्ञ क्षेत्रमा स्वास्थ्य शिविरमा हजारै भक्तजनले स्वास्थ्य सेवा लिए
