Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

वीरगंज हेल्थकेयर हस्पिटलमा एन्जियोप्लाष्टि सेवा शुरु

वीरगंज,११ फागुन
रोगहरुमा निकै नै जटिल बुझिएको मुटु उपचारको एन्जियोप्लाष्टिको वीरगंज स्थित वीरगंज हेल्थकेयर हस्पिटलमा शुरुवात भएको छ ।
वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीले शनिवारदेखि सो सुविधा थप गर्दै सेवाको दिएका छन् । गंगालाल ह्दय केन्द्रबासवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा मुटु उपचारको एन्जियोप्लाष्टिका सेवा शुरु गरेको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रदेश नं.२ मा तीन महिनादेखि एन्जियोग्राफी सेवा शुरु गरेका साथै अस्पताललाई प्रदेश २ कै मुटु रोगको लागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालय सग समन्वय भइरहेको अस्पताललका प्रबन्ध निर्देशक अबुुलहैस अन्सारीले जानकारी दिनु भयो ।उहाले २०६७ साल देखि विविध विशेषज्ञ सेवा दिइरहेको अस्पतालले मुटु रोगीको लागि सेवा शुरुगरेकोमा खुशी व्यक्त गदैे मुटु उपचारको एन्जियोप्लाष्टिका सेवाले प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।गंगालाल ह्ृदयकेन्द्र बाँसबारीको वरीष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले गंगालालमा एन्जियोप्लाष्टि गराउने कतिपय रोगीलाई समस्या हुने भएकाले यो सेवा वीरगंज बाट भयो भने निकै फाइदा हुने जानकारी दिनु भयो ।समयमा अस्पताल नपुग्दै कतिपय मुटुरोगीको ज्यान जानेभएकोले वीरगंजमा मुटु उपचारको एन्जियोप्लाष्टिका सेवा विस्तारसंगै आम विरामीको खर्च बचत हुनुको साथै राजधानी ओहोरदोहोरको समस्या पनि घटने उहाको भनाई थियो ।हाल सम्म यो अस्पतालले मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको पाइएको तथा काठमाडौंमा उपचार गराउन जाने विरामी मध्ये प्रदेश २ कै ८० प्रतिशत देखिने भएकोले सो सेवाको यहाँ आवश्यकता पनि रहेको महसुस भएको डाक्टरहरुले जानकारी दिनु भयो । मुटु रोगीको उपचारको लागि सरकारले विपन्न वर्गलाई अधिकत्ममा १ लाख सम्म सहयोगको व्यवस्था गरेपनि प्रदेश नं २ का अस्पतालहरुले मुटु उपचारको एन्जियोप्लाष्टिका सेवा सञ्चालनमा नल्याएको कारण राजधानीमा मात्र मुटुरोगीले उपचार गराउन जानु पर्ने बाध्यता रहेको बताएका थिए ।
पत्रकार सम्मेनलमा गंगालाल ह्रृदय केन्द्रका वरिष्ठ मुटुारोग विशेषज्ञ डा विनय रौनियार, हेल्थकेयरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम ईजहार,डां अच्युतानन्दलाल कर्ण, हेल्थ केयरका न्यूरो सर्जन डा.फिरोज अफजल,डा.दिपक कुशवाहालगायतको सहभागिता थियो ।अस्पतालकी नर्सिग ईन्चार्ज भूमिका अधिकारीले स्वागत गरेकी थिइन् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...