Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ द्वारा घरदैलो कार्यक्रम

spot_img
spot_img

वीरगंज, ११ फागुन ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ले वीरगंज महानगरपालिको वड़ा न.२१, परवानीपुरको ताजपुर टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रको स्थानिय स्तरमा बिकाशको कामको गति र स्थितिको निरीक्षण र अवलोकनको लागि उक्त घरदैलो गरिएको नेवि संघका नेता दिलिप राज कार्कीले वताए ।

पूर्व सांसद अनिल रुंगटाको अगुवाईमा र काँग्रेस पर्सा सभापति अजय दुवेदीको नेतृत्वमा घरदैलो भएको नेता कार्कीले जानकारी गराए ।

क्षेत्रीय सभापति बिजय सरार्फको अध्यक्षतामा र उप मेयर शान्ति कार्कीको विशेष उपस्थितिमा भएको कार्यक्रममा वीरगंज मनपाको वडा नं.२१ का वडा अध्यक्ष हबीब मिया,युवा नेता अनिल श्रीवत्सव, दिलीप राज कार्की, अनिल यादव लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले स्थानिय संग छलफल समेत गरेका थिए । नेता रुंगटाले स्थानियहरुलाई आफ्नो बिकाशको काममा चनाखो भइ आफै सक्रियता देखाए बिकाश जिमावीरी रूपले अगाडि बढ़ने वताए । सभापति दुवेदीले कांग्रेस सत्तामा भए पनि न भए पनि सदैव जनताका साथ बिकाशको लागि सतर्क रहने वताए ।

त्यस्तै क्षेत्रीय सभापति सर्राफले हामी हाम्रो जिम्मेवारी टोल टोलमा उपस्थिति जनायेर देखाउने वताए । नेपाली कांग्रेसले प्रत्येक महीना महानगरको प्रत्येक वार्ड मा क्षेत्र नं.१ ले घरदैलो कार्यक्रम गरि बिकाश तथा जनताको शुखदुःख बारे भलाकुसारी गर्दै आएको वताईएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी । भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका लागि आवेदन गरेका छन् । भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी...

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने स्पष्ट पार्नुभएको छ । हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी...

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...