Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नेपाल चिकित्सक संघको साधारण सभा तथा सपथ ग्रहण सम्पन्न, अध्यक्षमा डा. सिंह

spot_img
spot_img

वीरगंज, ७ फागुन ।
नेपाल चिकित्सक संघ नारायणी, वीरगंजको साधारण सभा तथा सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । चिकित्सक संघको सभा हलमा भएको कार्यक्रममा गत शनिबार सप्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण पनि गराईएको थियो ।

डा. अरुण कुमार सिंहको अध्यक्षतामा निर्वाचित १० सदस्यीय समितीको सपथ ग्रहण भएको थियो । जुन समितिको उपाध्यक्षमा डा. रमेश घिमिरे, सचिवमा डा. उदय नारायण सिंह, कोषाध्यक्षमा डा. शाश्वत प्रसाद रहेका छन ।

यस्तै संघको सदस्यहरुमा डा. दिलिप चौरसिया, डा. अशोक कुमार गुप्ता, डा. नौसाद हक, डा. गोरख मिश्रा, डा. अमित झा, डा. फाहद आलम रहेका छन ।

सपथ ग्रहण सभामा वोल्दै नव निर्वाचित अध्यक्ष डा. सिंहले गफ गरेर मात्र हुदैन मान्सिक रुपमा समन्वय गरि काम गरेर देखाउने वताए ।

संघका निवर्तमान अध्यक्ष डा. जगदीश अग्रवालको अध्यक्षतामा भएको साधारण सभा तथा सपथ ग्रहण कार्यक्रमको संचालन निवर्तमान कोषाध्यक्ष डा. सन्जय अग्रवालले गरेका थिए ।

साधारण सभामा रु ३८ लाख ६५ हजार ७ सय ३० बराबरको आय र रु २२ लाख ९ हजार ६ सय १४ बराबरको व्यय समेत प्रस्तुत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...