Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

नेपाल चिकित्सक संघको साधारण सभा तथा सपथ ग्रहण सम्पन्न, अध्यक्षमा डा. सिंह

वीरगंज, ७ फागुन ।
नेपाल चिकित्सक संघ नारायणी, वीरगंजको साधारण सभा तथा सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । चिकित्सक संघको सभा हलमा भएको कार्यक्रममा गत शनिबार सप्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण पनि गराईएको थियो ।

- Advertisement -

डा. अरुण कुमार सिंहको अध्यक्षतामा निर्वाचित १० सदस्यीय समितीको सपथ ग्रहण भएको थियो । जुन समितिको उपाध्यक्षमा डा. रमेश घिमिरे, सचिवमा डा. उदय नारायण सिंह, कोषाध्यक्षमा डा. शाश्वत प्रसाद रहेका छन ।

यस्तै संघको सदस्यहरुमा डा. दिलिप चौरसिया, डा. अशोक कुमार गुप्ता, डा. नौसाद हक, डा. गोरख मिश्रा, डा. अमित झा, डा. फाहद आलम रहेका छन ।

सपथ ग्रहण सभामा वोल्दै नव निर्वाचित अध्यक्ष डा. सिंहले गफ गरेर मात्र हुदैन मान्सिक रुपमा समन्वय गरि काम गरेर देखाउने वताए ।

संघका निवर्तमान अध्यक्ष डा. जगदीश अग्रवालको अध्यक्षतामा भएको साधारण सभा तथा सपथ ग्रहण कार्यक्रमको संचालन निवर्तमान कोषाध्यक्ष डा. सन्जय अग्रवालले गरेका थिए ।

साधारण सभामा रु ३८ लाख ६५ हजार ७ सय ३० बराबरको आय र रु २२ लाख ९ हजार ६ सय १४ बराबरको व्यय समेत प्रस्तुत गरिएको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...