Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

पर्सामा पनि ६९ औ प्रजातन्त्र दिवस भब्यताका साथ मनाईयो

वीरगंज, ७ फागुन ।
पर्सामा भब्यताका साथ ६९ औ प्रजातन्त्र दिवस मनाईएको छ । जिल्ला स्तरिय मुल समारोह समितीको आयोजनामा मंगलबार बिरगंजको घण्टाघरबाट निस्केको प्रभातफेरी माईस्थान, मकालु होटल, आदर्शनगर चौक, घरिवर्वा पोखरी हुदै पुन घण्टाघरमा पुगि कोण सभामा परिाणत भएको थियो ।

- Advertisement -

मुल समाहरोह समितिका संयोजक तथा जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहम्मद अंसारीको अध्यक्षतामा र बिरगंज महनगरपालिकाका मेयर बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा कोण सभा भएको थियो । कोण सभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मेयर सरावगीले जब सम्म आम जनता र सम्मपुर्ण राजनिती पार्टीको अधिकार र आशा अभिलासाहरु समेटिदैन तब सम्म हामी सबैको प्रजातन्त्र हुदैन वताए ।

उनले सबैको साझा बुझाई र अधिकारका कुराहरु समेटे मात्रै देश समाजको विकास सम्भव भई खुशीयाली दिवस मनाउने दिन आउने बताए । प्रजान्त्र ६९ बर्ष पहिला आए पनि कुनै कुनै बहानामा जनताका लागी बलियो बनाउनका लागी जनतालाई फाईदा हुने किसिमले संघर्ष गर्दै यहा सम्म आफना बलिदानी गरी ज्ञातअज्ञात सहिदहरु प्रति अभार ब्यक्त उनले गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भटराईले प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिपावली गर्न आग्रह गर्दै, देश बनाउनका लागी नागरिक समाज, पत्रकार, जनप्रतिनिधीको सहयोगको आश्यकता रहेको बताए ।

कोण सभामा नेकपा पर्साका कार्यदल सदस्य प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धवेदी, उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शुबोद्ध गुप्ता, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बांजारा लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिभन्न कार्यालय प्रमुख, प्रतनिधी, सुरक्षाकर्मी, जनप्रतिनिधी, गैरसरकारी संस्थाका व्यक्ति तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...