Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

पर्सामा पनि ६९ औ प्रजातन्त्र दिवस भब्यताका साथ मनाईयो

spot_img
spot_img

वीरगंज, ७ फागुन ।
पर्सामा भब्यताका साथ ६९ औ प्रजातन्त्र दिवस मनाईएको छ । जिल्ला स्तरिय मुल समारोह समितीको आयोजनामा मंगलबार बिरगंजको घण्टाघरबाट निस्केको प्रभातफेरी माईस्थान, मकालु होटल, आदर्शनगर चौक, घरिवर्वा पोखरी हुदै पुन घण्टाघरमा पुगि कोण सभामा परिाणत भएको थियो ।

मुल समाहरोह समितिका संयोजक तथा जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहम्मद अंसारीको अध्यक्षतामा र बिरगंज महनगरपालिकाका मेयर बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा कोण सभा भएको थियो । कोण सभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मेयर सरावगीले जब सम्म आम जनता र सम्मपुर्ण राजनिती पार्टीको अधिकार र आशा अभिलासाहरु समेटिदैन तब सम्म हामी सबैको प्रजातन्त्र हुदैन वताए ।

उनले सबैको साझा बुझाई र अधिकारका कुराहरु समेटे मात्रै देश समाजको विकास सम्भव भई खुशीयाली दिवस मनाउने दिन आउने बताए । प्रजान्त्र ६९ बर्ष पहिला आए पनि कुनै कुनै बहानामा जनताका लागी बलियो बनाउनका लागी जनतालाई फाईदा हुने किसिमले संघर्ष गर्दै यहा सम्म आफना बलिदानी गरी ज्ञातअज्ञात सहिदहरु प्रति अभार ब्यक्त उनले गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भटराईले प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिपावली गर्न आग्रह गर्दै, देश बनाउनका लागी नागरिक समाज, पत्रकार, जनप्रतिनिधीको सहयोगको आश्यकता रहेको बताए ।

कोण सभामा नेकपा पर्साका कार्यदल सदस्य प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धवेदी, उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शुबोद्ध गुप्ता, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बांजारा लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिभन्न कार्यालय प्रमुख, प्रतनिधी, सुरक्षाकर्मी, जनप्रतिनिधी, गैरसरकारी संस्थाका व्यक्ति तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...