Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय

spot_img
spot_img

वीरगंज, ५ फागुन ।
पर्सामा ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको जिल्ला स्तरिय समन्वय मुल समारोह समितीको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहम्मद अंसारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरिय प्रजातन्त्र मुल समारोह समिती पनि गठन गरेको छ । समन्वय समितीका संयोजक रहने गरी, बिरगंज महानगरका प्रतिनिधी, विभिन्न कार्यालय प्रमुख, सुरक्षा प्रमुख, उधोग बाणिज्य संघ, गैरसरकारी संस्था महासंघका अध्यक्ष, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष रहने समिती गठन भएको हो ।

समितीको बैठकले ६ गते प्रत्येक कार्यालयको सरसफाई गर्ने र ६, ७, ८ गते सम्मपुर्ण कार्यालयहरुमा दिपावली गर्ने र जन समुदायमा पनि दिपावली गर्न आग्रह गर्ने, ७ गते प्रभातफेरी घण्टाघरबाट शुरु गरी पुन घण्टाघरमा आई कोणसभा गर्ने, शहिदहरुलाई श्रद्धान्जली र मालापर्ण गर्ने, १० गते कर्मचारी मिलन केन्द्रको आयोजनामा कर्मचारी र जनप्रतिनिधी बिच मैत्रीपुर्ण फुटवल नारायणी रंगशालामा गर्ने जस्ता निर्णय गरेको छ ।

फाल्गुन ७ गते नै तेस्रो निर्वाचन दिवस परेकोले निर्वाचन कार्यालयले छुटै बैनर सहित प्रभातफेरीमा सहभागीता जनाउने निर्णय गरेको छ । यसै गरी आइतबार नै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले विभिन्न निर्णय गरेको छ ।

नागरिक वडापत्र बुकलेट त्यार पार्ने, योजनाहरुको उपलब्धी लिने दिएन भने सार्वजनिक मुद्धा चलाउने, कार्यालयहरुको बेरुजु फरछौट गर्ने अभिन अंग बनाउने, हरेक महिना रिपोटिंग गर्ने, बस्ती स्थान्तरण तथा बस्ती एकीकृत बस्तीको खाका स्थानिय तह मार्फत लिने र गराउने जस्ता निर्णय गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज...

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस...