Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय

वीरगंज, ५ फागुन ।
पर्सामा ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको जिल्ला स्तरिय समन्वय मुल समारोह समितीको बैठकले यस्तो निर्णय गरेको हो ।

- Advertisement -

जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहम्मद अंसारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरिय प्रजातन्त्र मुल समारोह समिती पनि गठन गरेको छ । समन्वय समितीका संयोजक रहने गरी, बिरगंज महानगरका प्रतिनिधी, विभिन्न कार्यालय प्रमुख, सुरक्षा प्रमुख, उधोग बाणिज्य संघ, गैरसरकारी संस्था महासंघका अध्यक्ष, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष रहने समिती गठन भएको हो ।

समितीको बैठकले ६ गते प्रत्येक कार्यालयको सरसफाई गर्ने र ६, ७, ८ गते सम्मपुर्ण कार्यालयहरुमा दिपावली गर्ने र जन समुदायमा पनि दिपावली गर्न आग्रह गर्ने, ७ गते प्रभातफेरी घण्टाघरबाट शुरु गरी पुन घण्टाघरमा आई कोणसभा गर्ने, शहिदहरुलाई श्रद्धान्जली र मालापर्ण गर्ने, १० गते कर्मचारी मिलन केन्द्रको आयोजनामा कर्मचारी र जनप्रतिनिधी बिच मैत्रीपुर्ण फुटवल नारायणी रंगशालामा गर्ने जस्ता निर्णय गरेको छ ।

फाल्गुन ७ गते नै तेस्रो निर्वाचन दिवस परेकोले निर्वाचन कार्यालयले छुटै बैनर सहित प्रभातफेरीमा सहभागीता जनाउने निर्णय गरेको छ । यसै गरी आइतबार नै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले विभिन्न निर्णय गरेको छ ।

नागरिक वडापत्र बुकलेट त्यार पार्ने, योजनाहरुको उपलब्धी लिने दिएन भने सार्वजनिक मुद्धा चलाउने, कार्यालयहरुको बेरुजु फरछौट गर्ने अभिन अंग बनाउने, हरेक महिना रिपोटिंग गर्ने, बस्ती स्थान्तरण तथा बस्ती एकीकृत बस्तीको खाका स्थानिय तह मार्फत लिने र गराउने जस्ता निर्णय गरेको हो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...