Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मध्य प्रदेश दैनिक पत्रीकाकाे पोखरियामा विमोचन

spot_img
spot_img

वीरगंज, ५ फागुन ।
मध्य प्रदेश दैनिक पत्रिकाको आइतबार पर्साको पोखरियामा विमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरियाको हनुमान मन्दिर परिसरमा भएको कार्यक्रममा पत्रिकाको विमोचन गरिएको हो । कार्यक्रममा वोल्दै प्रदेश सांसद राजेश्वर साहले विकासमा पछाडी परेको ग्रामिण भेगबाट निस्कने पत्रिकाले सुचनाको पहुचमा सहयोग पुग्ने वताए ।

अहिलेको अवश्यकता विकासे पत्रकारिता रहेको वताउदै सांसद साहले पत्रिकाको भुमिका ग्रामिण भेगको विकासको लागि हुनु पर्नेमा जोड दिए । पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरियाको विकासको लागि प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरे ।

उनले कार्यक्रममा वोल्ने क्रममा पत्रिकालाई एक थान कम्प्यूटर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उप मेयर सलमा खातुनले पत्रिका ग्रामिण भेगको जनाताको अवाज वन्नु पर्ने वताउदै विकासे पत्रकारितामा जोड दिइन । पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख ममता महतोले भौतिक विकासले मात्र नहुने वताउदै समाजिक विकास पनि आवश्यक रहेको वताइन ।

संचारकर्मी समेत रहेका गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले ग्रामिण भेगको पत्रकारहरुको बारेमा पनि स्थानिय तहले सोचि दिनु पर्ने वताए । पत्रिकाका प्रबन्ध निर्देशक लालबाबु वानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सम्पादक नरेन्द्र साहले गरेका थिए भने स्वागत मन्तव्य स्थानिय पत्रकार धर्मेन्द्र चौरसियाले गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद प्रधुमन चौहान, रामेश्वर रौनियार, नेकपा प्रदेश नंं. २ सदस्य रामबाबु बैठा, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजारा, राजापाका सह महासचिव नेजामुदिन समानी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । पत्रिकाको प्रकाशकमा राजन कुमार वनिया रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...