Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

मध्य प्रदेश दैनिक पत्रीकाकाे पोखरियामा विमोचन

वीरगंज, ५ फागुन ।
मध्य प्रदेश दैनिक पत्रिकाको आइतबार पर्साको पोखरियामा विमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरियाको हनुमान मन्दिर परिसरमा भएको कार्यक्रममा पत्रिकाको विमोचन गरिएको हो । कार्यक्रममा वोल्दै प्रदेश सांसद राजेश्वर साहले विकासमा पछाडी परेको ग्रामिण भेगबाट निस्कने पत्रिकाले सुचनाको पहुचमा सहयोग पुग्ने वताए ।

- Advertisement -

अहिलेको अवश्यकता विकासे पत्रकारिता रहेको वताउदै सांसद साहले पत्रिकाको भुमिका ग्रामिण भेगको विकासको लागि हुनु पर्नेमा जोड दिए । पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरियाको विकासको लागि प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरे ।

उनले कार्यक्रममा वोल्ने क्रममा पत्रिकालाई एक थान कम्प्यूटर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उप मेयर सलमा खातुनले पत्रिका ग्रामिण भेगको जनाताको अवाज वन्नु पर्ने वताउदै विकासे पत्रकारितामा जोड दिइन । पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख ममता महतोले भौतिक विकासले मात्र नहुने वताउदै समाजिक विकास पनि आवश्यक रहेको वताइन ।

संचारकर्मी समेत रहेका गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले ग्रामिण भेगको पत्रकारहरुको बारेमा पनि स्थानिय तहले सोचि दिनु पर्ने वताए । पत्रिकाका प्रबन्ध निर्देशक लालबाबु वानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सम्पादक नरेन्द्र साहले गरेका थिए भने स्वागत मन्तव्य स्थानिय पत्रकार धर्मेन्द्र चौरसियाले गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद प्रधुमन चौहान, रामेश्वर रौनियार, नेकपा प्रदेश नंं. २ सदस्य रामबाबु बैठा, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजारा, राजापाका सह महासचिव नेजामुदिन समानी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । पत्रिकाको प्रकाशकमा राजन कुमार वनिया रहेका छन ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...