Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

फाउण्डेशनको पर्सा कार्यालय उदघाटन सम्पन्न, कोइराला परिवारका ३ नेतालाई एउटै मालाले सम्मान

spot_img
spot_img

वीरगंज, ४ फागुन ।
जी.पी. कोइराला फाउण्डेशनको जिल्ला कार्यालय, पर्साको शनिबार उदघाटन गरिएको छ । एक भव्य कार्यक्रमका विच फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री शशांक कोइराला, र नेता शेखर कोइरालाले संयुक्त रुपमा कार्यालयको उदघाटन गरे ।

उदघाटन कार्यक्रममा कोइराला परिवारका तीन नेतालाई १ सय २१ किलोको एउटै मालाले स्वागत समेत गरिएको थियो । गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई एउटै मालाले सम्मान गरिएको थियो ।

कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको पर्सा कार्यालयको उदघाटन, फोटो प्रदर्शनी, विचार गोष्ठी कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो । कार्यक्रममा सहभागी हुन् वीरगन्ज पुगेका तीन नेतालाई एउटै मञ्चमा एउटै मालाले सम्मान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन् । ‘हामी तीन कोइराला एक छौँ । भन्नेले नमिलेको भन्छन् तर टाउको दुखाउनु पर्दैन । हामी एक छौँ’, कोइरालाले भनिन् ।

उनले सभापति देउवातर्फ लक्षित गर्दै भाषणले मात्र नहुने बताइन । ‘भाषणले मात्र हुँदैन काम गर्नुपर्छ अनिमात्र नेता बन्न सकिन्छ’, उनले भनिन्न काग्रेस भित्रको विवाद अन्त्य भएपछि मात्र कांग्रेस बलियो हुन्छ र लोकतन्त्र बलियो हुन्छ ।’

फाउन्डेसनका पर्सा संयोजक महम्मद सहाबुदीनको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरयिा, सुरेन्द्र चौधरी, पर्सा सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य, जनार्धन सिंह क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज...

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस...