Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ—मेयर सरावगी

spot_img
spot_img

वीरगंज, २९ माघ ।
वीरगज स्थित नगरसभा गृहमा दुईदिने शैक्षिक परामर्श मेला शुरु भएको छ । मंगलवार शैक्षिक परामर्श मेलाको वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गदै उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ विषयमा जानकारी दिनु भयो । आयोजित शैक्षिक परामर्श मेलामा देशभरका विभिन्न उत्कृष्ट कलेजहरुको स्टल राखिएको छ ।
एजुकेशन डटकमले आयोजना गरेको दुईदिने परामर्श मेलामा पर्सा,बारा र रौतहटका विद्यार्थीहरुको सहभागीता रहेको थियो । उच्च शिक्षा अध्ययन हुने नेपालका उत्कृष्ट कलेजहरुको बारेमा जानकारी लिन सक्ने र स्वदेशमा उच्च शिक्षाका लागि उत्कृष्ट र गुणस्तरीय कलेजहरु भएपनि पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुको संख्यमा वृद्धि भईरहेको कारण स्वदेशमै उच्च शिक्षा अध्ययनका लागि कलेजहरु रहेको आयोजक समितिका अध्यक्ष जीवन कुमार लामाले बताउनुभयो । मेलाको उदघाटन सत्रमा विरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने लगायतको उपस्थिती रहेको थियो । शैक्षिक परामर्श मेला माघ २९ गते मंगलबार देखी फागुन १ गते बुधवार सम्म संचालनमा रहने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस...

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आज राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी...

मण्डलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ वा हानी गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर मण्डलसहित पाँच जनामाथि मुद्दा...