Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

वालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, २५ माघ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवनमा सांस्कृतिक तथा नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । वालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका ४ वटा माध्यमिक विद्यालयका छात्र/छात्राहरुले गित, नृत्य तथा चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।

श्री ने.रा.मा.वि. महुवनमा भएको कार्यक्रममा विद्यार्थीहरुले समाजमा विद्यमान रहेको सामाजिक कुरीती वालविवाह तथा दाईजोप्रथा सम्बन्धि नाटक प्रस्तुत गर्दै वालविवाह गर्नु हुन्न र दाइजो लिनु हुन्न भने संदेश दिएका थिए । सखुवा प्रसौनी गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा कार्यक्रम भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिकालाई वालविवाह तथा दाइजोमुक्त वनाउनु पर्नेमा जोड दिए । वालविवाह तथा दाइजोप्रथाले हाम्रो समाज पछाडी परेको वताउदै उनले यसको अन्त्य भए मात्र हामी अगाडी बढन सक्ने धारणा राखे ।

natak-kalikatimesवालवालिकाहरुको पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने उनको भनाई थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरी, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, वडा अध्यक्ष लालबाबु यादव, जमोदिन मियाँ, सलिम मियाँ, रामबालक राम, विश्वनाथ पटवारी, दलित अधारभुत विद्यालय महुवनका प्रअ जदु साह लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन आयोजक संस्थाका कार्यक्रम संयोजक शम्भु कुमार सुमनले गरेका थिए भने स्वागत भाषण श्री ने.रा.मा.वि. महुवनका प्रअ रामदेव प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा गायक अजमत अलीको पनि प्रस्तुती रहेको थियो भने कार्यक्रमका सहभागिहरुलाई प्रमाण पत्र र पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा श्री दिनारायण आदर्श मा.वि औंराहा पाचगावा, श्री ने.रा.मा.वि सियरही सथवल, श्री ने.रा.मा.वि. देउरवाना र श्री ने.रा.मा.वि महुवनका छात्र/छात्राहरुले प्रस्तुती राखेका थिए ।

यस अघि वालविवाह तथा विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत नै वक्तृत्वकला प्रतियोगिता भएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १, सियरही सथवलमा भएको कार्यक्र गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयका छात्र/छात्राहरुले भाग लिएका थिए ।

baktritawakala-kalikatimes

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...